किन दोहोर्‍याएर यौन सम्बन्ध राख्न मन लाग्छ ?

यौन उत्तेजनाको सुरुवातदेखि त्यसको अन्त्यसम्मको कुरालाई हेर्दा हाम्रो शरीरमा केही परिवर्तनहरू एक निश्चित प्रकारले भएका देखिन्छन् । सो यौन उत्तेजना प्रति हाम्रो शरीरले देखाएको प्रतिक्रया भएर नै यसलाई मानव यौन प्रतिक्रिया चक्र भनिन्छ
यौन उत्तेजना र यौनसम्पर्कको सञ्चालन
यौन चाहना हामीलाई प्रकृतिले दिएको एक विशेषता हो र सबै स्वस्थ व्यक्तिमा यौन चाहना हुन्छ । यो हाम्रो वंश निरन्तरताका लागि आवश्यक छ । यौनसम्बन्धी हाम्रा चासो तथा चाहनाहरू मस्तिष्कबाट सुरु हुन्छन् । मस्तिष्कको Hypothalamus भन्ने सानो अंगले यौनसम्पर्क राख्ने जस्ता आधारभूत व्यग्रता प्राणीमा उत्पन्न गर्छ भने अर्को अङ्ग ऋभचभदचबऋियचतभह ले हामीले सिकेका कुरा तथा अनुभवहरूलाई अभिलेख राख्ने कार्य गर्छ । यौन संवेदनशीलतासम्बन्धी कुराहरू पनि यसै भागबाट सञ्चालित हुन्छन् । यौन इच्छालाई प्रभावित पार्ने हर्मोनहरूको उत्पादन तथा सञ्चालनमा पनि मस्तिष्कको महत्वपूर्ण भूमिका हुन्छ । यी सबै कुराहरूको संयुक्त प्रभावबाट नै यौनसम्बन्धी क्रियाकलापहरू निर्देशित हुन्छन् । यौनसम्पर्क होस् वा अन्य यौन क्रियाकलाप ती वास्तवमा शारीरिक तथा मानसिक दुवैको समन्वयमा हुने एक जटिल प्रक्रिया हो । मोटामोटी रूपमा हेर्दा यौनेच्छाको सञ्चालनमा विभिन्न प्रणालीहरू सक्रिय देखिन्छन् । एक त इन्डोक्राइन सिस्टमअन्तर्गतका रागरसहरूले सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्छन् भने अर्कोतिर इन्द्रीय प्रणालीका अनि मस्तिष्कले ।

हर्मोनको सन्दर्भमा कुरा गर्दा त्भकतयकतभचयलभ को भूमिका महत्वपूर्ण हुन्छ । यौन व्यग्रता वा चाहना  हुन यो हर्मोनको निश्चित मात्रा व्यक्तिमा हुनु आवश्यक छ ।

यौन उत्तेजनाको सुरुवातदेखि त्यसको अन्त्यसम्मको कुरालाई हेर्दा हाम्रो शरीरमा केही परिवर्तनहरू एक निश्चित प्रकारले भएका देखिन्छन् । सो यौन उत्तेजना प्रति हाम्रो शरीरले देखाएको प्रतिक्रया भएर नै यसलाई मानव यौन प्रतिक्रिया चक्र भनिन्छ र अंग्रेजीमा हयुमन सेक्सुअल रेस्पोन्स साइकल भनिन्छ । यसका ४ चरणहरू ExcitementPhase, Plateau Phase, Orgasm Phase तथा ResolutionPhase हुन् ।

हामी किन बारम्बार यौनसम्पर्क राख्न लालायित हुन्छौं त ? 
हामीले मानव यौन प्रतिक्रिया चक्रलाई केलाएर हेर्‍यौं भने त्यसमा प्राप्त हुने सुखलाई स्वर्गीय सुख भनिन्छ, त्यसैले यसलाई चरमसुख नै नाम दिइएको छ । भनिन्छ, यो मानवले प्राप्त गर्ने सुखहरूमध्ये सबैभन्दा उत्तम सुख हो । त्यसैले यो स्वाभाविक हो कि कुनै पनि व्यक्ति यस्तो सुख प्राप्त गर्न लालायित हुन्छन् । उसले सो सुख पुनस् प्राप्त गरेमा उसले सो सुख फेरि पनि प्राप्त गर्ने प्रयास गर्छ र यसले निरन्तरता पाउँछ ।

यो कसरी सञ्चालित हुन्छ त भन्ने सन्दर्भमा पनि एकपल्ट नियालेर हेरौं । यस्ता प्रक्रियालाई सञ्चालन गर्ने पुरस्कार प्रणाली (Rewardsystem)भनिन्छ । यो प्रणालीले हामीलाई सुख वा आनन्द दिने कुरा तिर निरन्तर आकर्षित गर्छ त्यो खाना, नशालु वस्तुको प्रयोग होस् वा यौनसम्पर्क । त्यसैगरी दुस्ख वा पीडादायक कुराबाट टाढा बस्न लगाउाछ । यस क्रममा हाम्रो मस्तिष्कको विभिन्न भागबाट हुने कार्यको संयोजनको कार्य भने Striatum भन्ने भागले गर्छ ।

यो प्रक्रियामा Dopamine भनिने Neuro-Transmitter को महत्वपूर्ण भूमिका हुन्छ । कुनै आनन्ददायी क्रियाकलापभन्दा पहिले जति बढी मात्रामा Dopamineमस्तिष्कमा निस्कन्छ त्यति नै बढी आनन्द प्राप्त गर्ने सम्भावना हुन्छ । यसको केही मात्रामा अनुभव भए पछि, मस्तिष्कमा स्मृति ( Memory)बन्दछ र यही स्मृतिको आधारमा हामीले केही निश्चित क्रियाकलाप आनन्ददायी हुने अपेक्षा गर्छौं । हामीले प्राप्त गर्ने आनन्द हाम्रो शरीरमा प्राकृतिक रूपमा नै हुने यउष्यष्मक को कारणले प्राप्त हुन्छ ।Dopamine निस्किए पछि Opioids निस्कन्छन् ।

अब त पक्कै नै बुझ्नु भयो होला कि किन एकपल्ट यौन सम्पर्क गरे पछ फेरि–फेरि यौनसम्पर्क गर्न मन लाग्छ । गहिरिएर हेर्ने हो भने मस्तिष्कको यस्तो पुरस्कार प्रणाली मानवलगायत सबै जसो नै प्राणीमा हुनुले उक्त प्राणीको वंशजलाई निरन्तरता दिन प्रकृति ले नै दिएको वरदान हो भन्न सक्छौं ।





error: Content is protected !!