व्यवसायलाइ नैतिकताको परिचयसँग जोडम

सम्पादकीय
चालकको लापरवाही हुँन वा अन्य सडकका कारणले दुर्घटना किन नहोस । जाजरकोटका यो एक दर्शकमा सय भन्दा धेरै मानिसले सवारी दुर्घटनामा परी अकालमै ज्यान गुमाउनु परेको छ ।

जाजरकोट सडक सञ्जालले जोडिएसँगै ठुला दुइ घटनाका साथै साना आधा दर्जन सवारी दुर्घटना भइसकेका छन् । छिन्चु जाजरकोट हुँदै डोल्पा सडक अहिले चालु अवस्था छ । मुख्य राजमार्गको रुपमा रहेको यो सडकमा अहिले पनि दोहोरो यातायातका साधनहरु सञ्चालन हुँने अवस्था छैन । धेरै पुल , पुलेसा निर्माधिण अवस्थामा छन् । राज्यले भारी बजेट यही सडकमा खन्याएको छ ।

भारी पैसा खर्च भएपनि सडक कति गुर्णस्तरको छ भन्ने कुरा हामीले कहिले पनि ध्यान दिएको अवस्था छैन । सदरमुकामबाट जिल्ला भित्रका आन्तरिक रुपमा जोडिएका सडकहरु अहिले कच्ची अवस्थामा छन् । कच्ची सडकहरुमा समेत एकहोरो साना हलुका सवारी साधनहरु सहज रुपमा गुड्ने अवस्था नहुँदा , नहुँदै पनि जवरजस्ती सवारी साधन गुडाएको देखिन्छ । सो सडकमा गुड्ने सवारी साधन कसत वर्ष गुडेको हो वा सही तरिकाले चलेको छ की छैन भन्ने ज्ञान भने कसैलाई छैन । यातायात व्यवसायीले थोत्रा भएका सवारी साधनमा टालटुल पारेर भएपनि वषौदेखि सडकमा सवारी साधन गुडाएकै छन् ।

नियमनकारी निकायले त्यस्ता सवारी साधनमा निगरानी कमै देखाएको सहजै अनुमान लगाउन सकिन्छ । वषाँैदेखि ठेक्का लिएर अलपत्र पार्ने तर धेरै पटक ताकेता गर्दा डोजर प्रयोग गरि जथाभावी सडक खनेर पैसा असुल्ने परिपाटीले गर्दा अहिलेका दर्जनौ दुर्घटना भईरहेका छन् । त्यसको जोलन्त उदाहरण हिजो मात्र जुनिचाँदे गाउँपालिका १ ओलमा भएको जिप दुर्घटनालाइ लिन सकिन्छ । जुन सडक मापदण्ड भित्र निर्माण भन्दा पनि पासो मानिस मार्नका लागि पासो थापेको जस्तै देखिथ्यो ।
साँघुरो कच्ची , त्यसमा पनि ठाडो उकालो सो सडकमा पहिलो पटक यात्रा गर्ने जो कोही यात्रुहरुको मुटुले ठाउँ नै छोड्ने गरेको बताउदै आएका थिए । यहाँका सर्वसाधारणले पटक , पटक सरोकारवाला निकायलाइ सडकको स्वरुप बदल्न र सजिलो बनाउन आग्रह गर्दा पनि सुनुवाइ नभएपछि सोही ठाउँमा दुइ पटक सवारी दुर्घटना भइसकेको छ ।

निर्माण व्यवसायीले पनि ज्यान मारा सडक बनाएर कमाएको रुपैयाँले सरापला भन्ने सामान्य हेक्का किन नराखेका होलान् ।
ठेक्का लिएर वषौँ सम्म अलपत्र पार्ने , बल्ल तल्ल निर्माण गरेका सडक पनि ज्यानमारा बनाउदा अधिकांश सर्वसाधारणको सवारी दुर्घटना भइ मृत्यु हुँने गरेको छ । जिल्लाका जुनिचाँदे, छेडागाड र शिवालयमा निर्माण भएका सडक हुँन् वा नलगाड , बारेकोट , कुशे र भेरीमा निर्माण भएको सडक किन नहोस । सवै सडकहरु मापदण्ड विपरित भइ सवारी चलाउन फलामका चिउरा चपाएझैँ भएको छ । खलंगा देखि पाँचकाटिया सम्म निर्माण भएको सडक जतीपटक कुरा उठाएपनि सो अझै ज्यानमारा नै रहेको छ ।

जसले आप्नै घर लिने सडक समेत राम्रो बनाएको छैन , उसैलाइ दर्जनौ ठेक्का दिएर शुद्धताको न्वारण गर्नु दुधको साँची विरालो नै हो । हिजो जुनिचाँदेका पीडितले सडक निर्माण गर्दा मापदण्डको कुरा उठाएर सवै भन्दा राम्रो गरेका छन् । यस्ता खालका आवाज हर ठाउँबाट उठनु पर्दछ । सरकार मात्र होइन, अव सचेत नागरिक पनि गाउँ , ठाउँको दिगो विकासका लागि जुरुक्कै उठ्नु पर्ने बेला भएको छ । दिनभरी विकास र संमृद्धीका नारा लगाउने तर घर आंगनमै भएको विकृत रुपमा देख्ने परिपाटी छाडी अव सभ्य र सचेत नागरिको परिचय दिनुपर्ने बेला हाम्रो सामु ठुलो अवसर आएको छ ।

यहाँ जुनिचाँदेमा घटेको घटना मात्र होइन, अव यस्ता खालका पछि घटने घटनालाइ न्यूनिकरण गरि भावी पुस्ता जोगाएर दिगो विकासको लक्ष्यलाइ साकार पार्नु हाम्रो दायित्वलाइ बोध गर्नुपर्ने अर्को अवसर पनि आएको छ । सरकारले पठाएको रकमलाइ सही रुपमा लगानी भयो वा भएन भनि अव नागरिक स्तरबाट सचेतताको विद्रोह समेत उठ्न जरुरी छ । भ्रष्टाचार , कमिसन तन्त्र र बढ्दो राजनीतिलाइ तह लगाउनका लागि अव दिगो विकास प्रेमी मनहरु सडकमा होइन, विकृत मनमा ज्वारभाटा उठ्न जरुरी छ । भावी पुस्तालाइ पनि हामीले नयाँ नासो दिन नसके त्यो पुस्ताले हामीलाइ सराप्ने निश्चित छ । विकास दुइ दिनका लागि होइन , यो त मानव विकासका साथै परिचय दिने नमुना कार्य पनि हो ।

दिगो विकासका लागि बन्दुक नै उठाउनु पर्छ भन्ने छैन , सचेत नागरिको सचेतनामूलक खवरदारी भए काफी हुने छ । जाजरकोटमा वितेका पाँच वर्षमा वजेट नआएको होइन , तर बजेट चलाउने व्यूरो क्यासी र सत्ता सञ्चालकहरुको खराव नियतले गर्दा दिगो विकास हुँन नसकेको तथ्यलाइ नकार्न सकिदैन । यो पटक यति हो अर्को पटक हाम्रो पालो आउँदैन भनी आँखा चिम्म गरेर लाग्ने परिपाटी बखल्नु पर्छ । शक्ति केन्द्रको वलमा विकास बजेट सकेर कम्जोर पुर्वधार निर्माण गर्दा तिनै निर्माण व्यवसायीका आफन्तले समेत सोही कुरुप विकास सदुपयोग गर्न बाध्य हुँनुपरेको तितो यर्थाथ निर्माण व्यवसायीले बुझनु जरुरी छ । हरेक व्यवसाय नैतिकतामा जोडिएको छ ।

नैतिकताले नै सभ्य नागरिकको परिचय दिन्छ । लुट्नका लागि मन भरी पाप बोकेर गरिएका कारणले हरेक समय मानवीय क्षती मात्र होइन, हरेक ठाउँमा विध्वंस हुँने गर्दछ । काम गरौ , सभ्याताको परिचय दिऔँ । नराम्रो त जसले पनि गर्न सक्छ तर मानिस भएको परिचय दिन सके मात्र त्यो सवैका लागि नयाँ कामको थालनी हो ।





error: Content is protected !!