जाजरकोटमा जीप दुर्घटना ः माग पुरा गर्ने सर्तमा सव बुझने सहमती

हेमन्त केसी
जाजरकोट , जुचिाँदे गाउँपालिका १ ओलमा भएको जिप दुर्घटनामा परि मृत्यु भएका आफन्तले सव बुझन तयार भएका छन् ।
प्रमुख जिल्ला अधिकारी चेतराज बराल , राष्टियसभा सदस्य मायाप्रसाद शर्माले क्षतीपुर्ती सहित सडकको मापदण्डलाइ पुरा गर्ने प्रविद्धता व्यक्त गरेपछि पीडित सव बुझन तयार भएका हुन् । घटनास्थलमै शुक्रबार पोष्टमार्टम गरेर मृत शरीर आफन्तले बझने सहती भएको रेग्मीले जानकारी दिनुभयो । चालकको लापरवाहीका कारण मृत्यु भएको भन्दै आक्रोषित स्थानीयवासीले बिहीबार चालक गोरख बस्नेतको जुनीचाँदे ५ मटेला स्थित घर र छेडागाड ६ सुवानाउली स्थित घुम्ती पसलमा आगजनी गरिदिएका थिए ।
सडकको ग्रेड नमिलेको, थोत्रा गाडी संचालन गर्ने गरिएको र चालकको लापरवाहीले दुघर्टना भएको भन्दै स्थानीय आक्रोशित भएको स्थानीय रेशम खड्काले बताए । घटना लगत्तत्तै घटनास्थल पुगेकी जुनीचाँदे गाँउपालिकाकी कार्यवाहक अध्यक्ष शिवा आचार्य लगायतका जनप्रतिनिधीले समेत पीडितका मागलाई न्यायोचित रुपमा सम्वोधन प्रतिवद्धता समेत जनाएका छन् ।
हिजो दुघर्टनामा वडाध्यक्ष सहित ७ जनाको घटनास्थलमै मृत्यु भएको छ । एक जना गंभिर घाईते भएका छन् । जाजरकोट सदरमुकाम खलंगाबाट जुनीचाँदे तर्फ गैरहेको भे १ ज ९३५ नम्बरको जीप जुनीचाँदे गाँउपालिका १ औलमा बुधवार दिउँसो दुघर्टना भएको हो ।
प्रहरीका अनुसार मृत्यु हुनेमा जुनीचाँदे गाँउपालिका वडा नम्बर ११ का वडाध्यक्ष अमरबहादुर शाही, वडा नम्बर ११ कै ६२ बर्षिय कृतिबहादुर शाही , लालबहादुर बुढा र सोही वडाका स्वास्थ्यकर्मी ३२ बर्षिय खेमराज शाहीको मृत्यु भएको छ । त्यस्तै वडा नम्बर ५ गर्खाकोटका २९ बर्षिय कृष्णबहादुर शाही र मटेलाकी २५ बर्षिया मालिका बस्नेत र वडा ११ का लालबहादुर बुढा मृत्यु भएको सहायक प्रजिअ रामचन्द्र रेग्मीले बताए । गाडी चालक गोरख बस्नेतको मोवाईल गाडीमै फेला परेको छ तर उनी फेला पर्न सकेका छैनन् । घटनास्थल सदरमुकाम खलंगा देखि २० कोष पश्चिममा पर्दछ ।










