महिना दिन सम्म टेलिफोन गायव


हेमन्त केसी
जाजरकोट ,   स्थानीय तहका प्रमुख देखि मन्त्री सम्माले टेलिफोन सेवा सुधार गर्न आग्रह गरेको हप्ता दिन वित्यो ? तर जाजरकोटको टेलिफोन सेवा बन्द भएको महिना दिन वित्दा सम्म सञ्चालन हुँन सकेको छैन ।

जिल्ला समन्वय समिति , जाजरकोटले सातै स्थानीय तह , प्रदेश र संघीय सरकारका मताहातमा रहेका कार्यालयको प्रगती समिक्षामा समेत टेलिफोन सेवाकै मुद्धा प्रमुख बनाएर कुरा उठ्यो । समिक्षा कार्यक्रमबाटै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत तथा अन्य सांसदले समेत फोनमा आएको समस्याका विषयमा टेलिकमको सवै तहका प्रमुखलाई फोन गरेर तत्काल समस्य समाधान गर्न आग्रह गर्नुुभयो ।

आग्रह गरेको हप्ता दिन वितिसक्दा सम्म महिना दिन अघि अवरुद्ध भएको फोन सेवा अझै सुचारु हुँन सकेको छैन । पुर्वी जाजरकोटका नलगाड नगरपालिका , रुकुम पश्चिमको आठवीसकोट नगरपालिकालाइ लक्षित गरि घेत्ममा रहेको स्काइ प्राविधिको टावरले काम नगरेको महिना दिन वित्यो । त्यस्तै बारेकोट गाउँपालिकालाई लक्षित गरि रतनकोटमा रहेको टेलिफोन टावर पनि बन्द भएको महिना दिन वित्यो । पश्चिम जाजरकोटको कुशे गाउँपालिका लताचुलीको टावर वन्द भएको दुई महिना भन्दा बढी भयो । दैनिक नेटवर्क आयो की भनी मोवाइल फोन हेर्नमै दिन वितेको धेरै भयो कुशे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले गूनासो गर्नुभयो । कि सेवा देउ कि टावर अन्यत्र सार ? अधिकृत गिरीले भन्नुभयो “ नेटवर्क नदिने टावर राखेर के काम ? टावर मर्मत गर भनेको कसैले सुन्दैन । ”

त्यस्तै पीडा छ बारेकोट गाउँपालिकामा पनि ? त्यहाँ मोवाईलमा टावर नदेखिएको महिना दिन बढी भयो । फोन गर्न गाउँका स्थानीयवासीहरु जन्ते स्थित लेकमा ४ घण्टा हिडेर जाने गरेको बीरेन्द्र एश्वर्य माध्यमिक विद्यालयका शिक्षक कालीप्रसाद थापाले बताउनुभयो । बारेकोटबाट बाहिर सम्पर्क गर्न र गाउँपालिका भित्रका बिभिन्न ठाउँका सम्पर्क गर्न खोजेपनि सम्भव नहुँदा हैरान हुँदै आएको थापाको गूनासो छ ।

इन्टरनेटको माध्यमबाट सामान्य खवर आदानप्रदान भएपनि सर्वसाधारणहरु भारी मारमा परेको गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिनुभयो । सदरमुकाम र स्थानीय तहको सञ्चार सम्पर्क टुटेको एक महिना वितेपनि तालुकदार कार्यालय , नेपाल टेलिकम कानमा तेल हालेर बसेको स्थानीयवासीले आरोप लगाएका छन् ।

जाजरकोटका स्थानीय तहमा अधिकांश स्काइ प्राविधिका टावर भएका कारण सवैमा एकै पटक खरावी आएको छ । निजि प्रदायक कम्पनी एनसेलले समेत सेवा गाउँमा विस्तार नगरेका कारण सर्वसाधारणहरु सञ्चार सेवाबाट मर्कामा परेका हुँन् । जाजरकोटका गाउँ , गाउँमा निर्माण गर्ने भनिएको ७ वटा जिएसएम ( नमस्ते) को टावरहरु तीन वर्ष देखि अलपत्र परेका छन् ।
यत्ता नेपाल टेलिकमले भने सवै स्काइका टावरहरु सञ्चालनमा रहेको भन्दै गफ दिईरहेको छ । आफ्ना प्राविधिक गएर टावर मर्मत गरेर सञ्चालनमा आएको भनि झुटको खेती गरिरहेको जुनिचाँदेका रेशम खड्काले जानकारी दिनुभयो । जाजरकोट टेलिकम कार्यालयले आफूहरुबाट भन्दा क्षेत्रबाट प्राविधिक आएर टावरमा आएको समस्य समाधान गर्ने बताउदै आएको छ ।

वुधबार जाजरकोटको जुनिचाँदे गाउँपालिका –१ ओलमा जिप दुर्घटना भएपनि सो ठाउँमा सञ्चार सेवा उपलव्ध नहुँदा अहिले सम्पर्क गर्न गाह्रो भएको जुनिचाँदे गाउँपालिकाकी कावाध्यक्ष शिवा आचार्यले जानकारी दिनुभयो । अहिले अग्ला डाडाहरुमा उकालो चढेर फोन सम्पर्क गर्न बाध्य भएको आचार्यको भनाइ छ । दुर्घटना स्थल आए फोन अफ गर्नुपर्ने , डाडामा गएमात्र फोन हुन्छ उहाँले भन्नुभयो ।

सदरमुकाम खलंगामा समेत सवै ठाउँमा फोनले काम नगर्दा हैरान भएको स्थानीयवासीको गूनासो छ । इन्टरनेटमा समेत सोही समस्य रहेको सर्वसाधारणहरु पीडा पोख्छन् । गाउँमा विरामी हुँदा होस वा अन्य कुरा गर्न समेत महिना दिन देखि बन्द भएपछि सर्वसाधारणहरु आक्रोषित भएका छन् ।





error: Content is protected !!