सूर्यबाट प्राप्त हुने भिटामिन – डी ले कोरोनाको जोखिम कम गर्ने विज्ञको भनाइ

कोरोनाकालमा शरीरमा भिटामिन – डी को कमी हुन नदिन विज्ञहरुले सुझाउँदै आएका छन् । धेरै अनुसन्धानहरुबाट यो कुरा पुष्टि भइसकेको छ कि भिटामिन(डीले कोरोनासँग लड्नमा मद्दत गर्छ र संक्रमितहरुको अवस्था नाजुक हुनबाट पनि जोगाउँछ ।
भिटामिन(डी को कमी पूरा गर्ने सबैभन्दा सजिलो तरिका भनेको विहान १० बजेभन्दा पहिलेको सूर्यको प्रकाशमा १५ देखि २० मिनेटसम्म बस्नु हो । त्यसो गर्नाले भिटामिन डी को कमी पूरा हुने र संक्रमणको खतरा पनि कम हुन सक्छ ।
यो किन जरुरी छ त रु अनुसन्धानबाट बुझ्नुहोस्
बोस्टन यूनिभर्सिटी स्कुल अफ मेडिसिनले कोरोना संक्रमित र भिटामिन डि बीचको सम्बन्ध पत्ता लगाउन अनुसन्धान गरेका थिए । अनुसन्धानबाट थाहा भयो कि जुन संक्रमितको शरीरमा पर्याप्त मात्रामा भिटामिन डी थियो, उनीहरुको अवस्था नाजुक भएको थिएन ।
यसकव अलावा भिटामिन – डीले रगतमा सी – रिएक्टिभ प्रोटिनको मात्रा कम गरी संक्रमणको खतरा पनि कम गर्ने निष्कर्ष थियो ।
अन्वेषक माइकल एफ होलिकका अनुसार भिटामिन – डीले कोरोना संक्रमितहरुलाई गम्भीर अवस्थामा पुग्नबाट जोगाउँछ र मृत्यु हुने खतरा पनि निकै कम गर्छ । यो अनुसन्धान २३५ कोरोना संक्रमितहरुमा गरिएको थियो ।
भिटामिन – डीको कमी हुनुका लक्षणहरु
भिटामिन डी कम भएको कुरा सजिलै थाहा नहुन सक्छ, त्यसैले यी कुराहरुमा ध्यान दिनुहोस् ।
१। बारम्बार रुघाखोकी लाग्नु, थकान महसुस हुनु तथा ढाडको तल्लो भाग र शरीरका अन्य भागहरुमा भएका हड्डी दुख्नु
२। सर्जरी वा चोटपछि घाउ निको हुन धेरै समय लाग्नु
३। महिलाहरुमा कपाल झर्ने समस्या पनि देखिन सक्छ
यदि तपाईलाई भिटामिन डीको कमी भएको महसुस भएको हुन्छ भने तुरुन्त परीक्षण गराइहाल्नुहोला ।
यस्ता छन् उपायहरु
१ दैनिक १५ देखि २० मिनेटसम्म विहानको सूर्यको प्रकाशम बस्नुहोस् ।
२ साल्मान माछा प्रोटीन, ओमेगा – ३ फेटी एसिड र भिटामिन(डी को राम्रो स्रोत हुन् ।
३ अण्डाको पहेंलो भागमा पनि मा भिटामिन डी रहन्छ । यसको अलावा त्यसमा फ्याट तथा अन्य भिटामिन र मिनरल्स पनि रहेका हुन्छन् ।
४ सुन्तलामा हुने भिटामिन सी ले भिटामिन डी को अवशोषणमा मद्दत गर्दछ । त्यसकारण ताजा सुन्तलाको रसको सेवन गर्नुहोस्।
५ गाईको दुध र दुही दुवै भिटामिन- डी का स्रोतहरू हुन् । फुल क्रीम दूध लिनुहोस् र दही पनि घरमा नै जमाएको राम्रो हुन्छ ।
६ चिकित्सकको आवश्यक सल्लाह पनि लिइराख्नुस् र त्यसैअनुसारको औषधिको सेवन गर्नुस् ।










