मापदण्ड विपरितको सडकले लियो छ जनाको ज्यान – पटक , पटक भनेका थिए स्थानीयले राम्रो सडक बनाउ

जाजरकोट , २१ असोज ः जुनिचाँदे गाउँपालिका १ ओलभीर भे १ज ९३५ नम्वरको जिप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ ।


मृत्यु हुँनेमा वडा नं ११ का वडाध्यक्ष ५० वर्षीय अमरबहादुर शाही , ६० वर्षीय की कृती शाही , ३२ वर्षीय का खेमबहादुर शाही , वडा ५ की वर्ष ३० वर्षीया मालिका बस्नेत , २९ वर्षीय कृष्णबहादुर शाही , लालबहादुर बुढा मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र रेग्मीले जानकारी दिए । एक जना पानीमा वेपता भएको उनले जानकारी दिए ।

जुनिचाँदे गाउँपालिकाको कार्यपालिकाको वैठकका लागि सदरमुकाम खलंगाबाट पराले जादै गरेको जिप दुर्घटना परेको हो । जिपमा सवार जुनिचाँदे ११ का नरबहादुर बुढा घाइते भएका छन् । जिप खोलामा परेको छ । मृतक मध्ये खेमराज शाही र कृष्णबहादुर शाही स्वास्थ्यकर्मी हुँन् ।


मापदण्ड विपरित बनाएको सडकले दुर्घटना

सव निकाल्न आएका प्रहरीलाई स्थानीयवासीले सव निकाल्न नदिएको प्रहरीले जनाएको छ । मापदण्ड विपरित बनाएको सडकले गाडी दुर्घटना परेको भन्दै सव निकाल्न नदिएको प्रहरीले जनाएको छ ।

जुनिचाँदे १ लोड्ने देखि लुहादह सम्म निर्माण भएको सडक ठेकेदारको लापरवाहीका कारण मापदण्ड विपरित निर्माण भएको थियो । पटक , पटक सो सडक मापदण्ड विपरित निर्माण भएको आवाज उठेपनि सरोकारवालाको नसुन्दा पटक , पटक यो ठाउँमा यातायातका साधन दुर्घटना हुँदै आएका छन् ।

केही महिना अघि मात्र सोही ठाउँमा जिप दुर्घटना हुँदा मानवीय क्षती भएको थियो । कच्ची कटान गरेको सडकमा निर्माण व्यवसायीले नाफाका लागि जथाभावी गर्दा समस्या निम्तिको हो । सदरमुकामबाट अहिले सशस्त्र प्रहरी , नेपाल प्रहरी लगाएतको थप फोस पठाएको छ ।

मन्त्री बस्नेतद्धारा दुख व्यक्त
जाजरकोट ः जुनिचाँदे गाउँपालिका १ औलभीरमा जिप दुर्घटना परी मृत्यु भएका प्रति वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले भावपूर्ण श्रद्धान्जली आर्पन गर्नुका साथै शोक संम्तप्त परिवार , आफन्त जन सहित सम्पुर्णमा हार्दिक समवेदना व्यक्त गरिएको छ । घाइते नरबहादुर बुढाको स्वास्थ्य लाभको कामना समेत गरिएको छ ।


यस्तै जुनिचाँदे गाउँपालिका कावाध्यक्ष शिवा आचार्यले शोक विज्ञप्ति निकाल्दै दुख व्यक्त गर्नुभएको छ । उहाँले मृतक प्रति हार्दिक श्रदान्जली व्यक्त गदै दुखमा परिवारमा समवेदना व्यक्त गर्नुभएको छ । विज्ञप्तिको पुर्णपाठ सहित
आज सदरमुकाम खलंगाबाट जुनिचाँदे गाउँपालिकाको पराले आउदै गर्दा वडा गाउँपालिकाको १ औलखोलामा जिप दुर्घटना हुँदा छ जनाको ज्यान गएको छ ।

एकजना वेपता हुनुहुन्छ । एक जना घाइतेलाइ उपचारका लागि सुर्खेत पठाएको छ । साँघुरो सडक भएका कारण जिप दुर्घटना भई खोलामा पर्दा ठुलो माननीय क्षती भएको छ । मृतक प्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दछु । घाइतेको स्वास्थ्य लाभको कामना छ । हामीले स्वास्थ्यकर्मी , सर्वसाधारण र जनप्रतिनिधी गुमाएका छौँ । यस दुखको घडीमा दुखमा परेको परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।

अहिले हामी उद्धार छौँ । फोन सम्पर्क कत्तै हुँन सकेको छैन । पटक , पटक सडक निर्माण गर्दा मापदण्ड पुरा गर्न आग्रह गर्दा पनि सो कुराको सुनुवाइ नहुँदा यस्तो विकराल समस्य आइलागेको छ ।
शिवा आचार्य कावाध्यक्ष
जुनिचाँदे गाउँपालिका , जाजरकोट

 

 





error: Content is protected !!