पुर्वमन्त्री पहाडीद्धारा दुख व्यक्त

जाजरकोट ः जुनिचादे गाउँपालिकाको ओलभीरमा जिप दुर्घटना परी मृत्यु भएका प्रति पूर्व शान्ति था पुर्ण निर्माणमन्त्री तथा प्रतिनिधिसभा सदस्य सत्य पहाडीले दुख व्यक्त गर्नुभएको छ । घाइतेका स्वास्थ्य लाभको कामना समेत गर्नुभएको छ । आज जिप दुर्घटनामा परी जुनिचादे ११ का वडा अध्यक्ष अमर वहादुर शाही, कृति बहादुर शाही , खेम राज शाही , कृष्ण बहादुर शाही , मालिका बस्नेत , सहित ६ जना को मृत्यु भयको र २ जना वेपत्ता भएका छन् । नर बहादुर बुढा सहित २ जना घाईते भएका छन् ।
श्रदान्जली पत्रको पुर्ण पाठ
जाजरकोट सुर्खेत हुदै कठ्माण्डौ पुगीयो । पुग्दा नपुग्दै आज २०७७ असोज २१ का दिन जाजरकोट  जिप दुर्घटना परि जुनिचादे ११ का वडा अध्यक्ष अमर वहादुर शाहि , कृति बहादुर शाहि , खेम राज शाही , कृष्ण बहादुर शाही , मालिका बस्नेत , सहित ५ जना को मृत्यु भयको र २ जना वेपत्ता भएको र नर बहादुर बुढा सहित २ जना घाईते भएको भन्ने खबरले अत्यन्त मर्माहित बनाएको छ र अपुरणिय क्षतिको दुखद महसुस पनि भएको छ । मृत्यूवरण गर्नु हुने सम्पुर्णमा हार्दिक श्रध्दान्जली . घाईतेहरुमा शिघ्र स्वास्थलाभको कामना १११ वेपत्ता को खोजीकार्यमा जुट्न सम्बन्धित सबै तह र निकायमा हार्दिक अनुरोध गर्दछु । सम्पूर्ण मृतकका परिवारजनहरुमा यस दुखद घडीमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्दै गहिरो समवेदना ब्यक्त गर्दछु ।





error: Content is protected !!