कुर्सी तोडफोडका बीच सभामुखले बैठक चलाए, सत्ता पक्षका सांसदले पनि बोल्न पाएनन्

बुटवल ः प्रदेश नम्बर ५ को प्रदेशसभा तनावका बीच नै प्रदेशको स्थायी राजधानीको टुंगो लगाउने रणनीतिमा देखिएको छ। सोमबारको प्रदेशसभा बैठकमा तोडफोड, नाराबाजी र आरोप प्रत्यारोपका बीच संसदीय कारबाही भइरहेको थियो । सामान्यतयाः विपक्षीले अवरोध गरेपछि बैठक स्थगित गर्ने र सहमतिको प्रयास गर्ने गरिन्छ । तर सोमबारको प्रदेशसभाको दृश्य त्यस्तो रहेन । बलजफ्ती सभाुमखले बैठक चलाए भने विपक्षीले पनि आफ्नो मर्यादा भुल्दै कुर्सी नै तोडफोटमा उत्रिए ।

प्रदेशसभा बैठकमा काँग्रेस सांसदहरुले बबाल मच्चाउँदै होहल्ला जारी राखेपनि सभामुखले सांसदहरुलाई बोल्न दिएका छन् । तनावकै बीच केही सत्ता पक्षका सांसदहरुले आफ्नो धारणा राखेका थिए । प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ क्षेत्र बनाउने निर्णय गर्दै प्रदेशसभामा प्रस्ताव लगेपछि तनाव बढेको हो । सोही क्रममा आक्रोशित प्रमुख प्रतिपक्षी दल कांग्रेसले सोमबारको पहिलो बैठक पनि अवरुद्ध परोको थियो ।

पहिलो बैठक अवरुद्ध भएपछि बोलाइएको दोस्रो बैठकमा सभामुखले नेकपाका सांसद भोज प्रसाद श्रेष्ठ र विष्णु पन्थी, हरि रिजाल, दिपेन्द्र पुन, जनमोर्चाकी तारा जिसी र संघीय समाजवादी पार्टीका सहश्राम यादवलाई आफ्नो धारणाराख्न समय दिए ।
बोल्ने क्रममा सत्ता पक्षकै ससांदहरुले समेत जबरजस्ती प्रतिवेदन ल्याएको भन्दे विरोध गरेका थिए । नेकपा संसाद भोज प्रसाद श्रेष्ठले दाङ राजधानी बनाउनु पर्ने कारण र प्रदेश सभाले बनाएको विज्ञ टोली प्रतिवेदन सार्वजनिक माग गरे । लोकतन्त्रमा राजधानी जस्तो महत्त्वपूर्ण विषयमा बोल्न नदिनु गतल भएको बताए ।

नेकपाका अर्का संसाद विष्णु पन्थीले कपिलवस्तु राजधानी बनाउनु पर्ने धारण राखे । उनले कपिलवस्तु विभिन्न कारणले उपयुक्त भएको भन्दै कपिलवस्तुमा राजधानी बनाउनु पर्ने माग गरे । यस्तै संघीय समाजवादी फोरमका सासद सहश्राम यादवले पनि कपिलवस्तु राजधानी बनाउनु पर्ने माग गरे । यस्तै सत्तापक्षमा सासद हरि रिजाल, दिपेन्द्र पुन, विजय बहादुर यादवले भने दाङ राजधानी उपयुक्त भएको जिकिर गर्दै सबैले एकमतले पास गर्नुपर्ने बताए ।

बैठकमा कांग्रेस सांसदहरूले नाराबाजीसहित कुर्सी भाँच्दा तत्कालिन संविधान सभामा तत्कालीन माओवादीका नेताहरुले कुर्सी तोडफोड गरेको घटना धेरैले सम्झिए । आजको बैठकमा काँग्रेसको नाराबाजी र तोडफोडका बीच पनि सभामुखले बैठक अघि बढाए भने प्रस्तावबारे सत्तापक्षकै सांसदहरुले पनि बोल्नका लागि पर्याप्त समय नपाउँदा विरोध गरेका थिए ।

यसो त बोल्ने कार्यसूचीमा रहेका ३ सांसदले बोल्नै पाएनन् । कृष्ण न्यौपाने, तुल्सी चौधरी र नारायण आचार्यले कार्यसूची भएपनि बोल्न नपाएका हुन् । उनीहरु तीनै सत्तापक्षीय सांसद हुन् ।

कांग्रेसले सोमबार बिहान सरकारले ल्याएको प्रस्ताव केही दिनलाई रोकेर सबै पक्षसँग छलफलपछि मात्रै अघि बढाउन आग्रह गरेको थियो। सो प्रस्तावमा नेकपाले असहमति जनाएपछि काँग्रेस रुष्ट बनेको हो । सभामुखले भोलि दिउँसो १२ बजेलाई बैठक बोलाएका छन् ।





error: Content is protected !!