सोती घटनाका पीडितसँग मन्त्री बस्नेतको भेट

जाजरकोट ,  सोती हत्याकाण्डका पीडित परिवारसँग वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले भेट गर्नुभएको छ ।
आज पीडितहरुको घरदैलोमै पुगेर मन्त्री बस्नेतले छलफल तथा गूनासा सुन्नुभएको हो । भेरी नगरपालिका–४ रानागाउँ स्थित मृतक नवराज विक र उनका साथीहरुका आफन्तहरुले न्याय सम्पादन हुँदा पीडित झनै पीडित हुँने अवस्था सिर्जना नहोस भन्दै मन्त्री बस्नेतललाई सचेत गराएको छन् ।

सरकारले मृतक नवराज लगाएत अन्य सवैका परिवारलाई राहत दिनका लागि मन्त्री परिषदबाट निर्माण समेत भइसकेको पीडितको पक्षमा आफू भएको मन्त्री बस्नेतले आश्वस्त पार्नुभएको छ । सोतीमा भएको घटना घाइते भएकाहरुले आफूहरुले राहत नपाएको भन्दै गूनासो गरेका थिए । आफ्ना लक्का जवान छोराहरुको हत्याले आफूहरु दैनिक निन्द्रामा झस्कने गरेको मृतक नवराजकी आमाले मन्त्री बस्नेतसँग पीडा सुनाउनुभयो ।

मन्त्री बस्नेतले पीडितलाइ न्याय दिलाउनका लागि सधै गम्भिर भएर लागेको बताउनुभयो । उहाँले भन्नुभयो , “ म मन्त्री मात्र नभई जाजरकोटी कृषकको छोरा पनि हो । तपाइहरुको भोटले नै सङ्घीय सरकारको मन्त्री भएको छु । यो पीडा मेरो पनि हो । ” त्यस्तै राष्ट्रियसभा सदस्य भैरवसुन्दर श्रेष्ठले पीडितलाई न्यायको अनूभुति दिलाउनका लागि प्रतिवद्ध भएको बताउनुभयो ।





error: Content is protected !!