किन असुरक्षित भए केसी ?

चौरजहारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर के.सीले असुरक्षित भएको भन्दै सुरक्षा मागेका छन ।
चौरजहारी नगरपालिका वडा नं. ५ स्थायी ठेगाना भएका प्रेम आलीले गालि बेईज्जती गरी ज्यान मार्ने सम्मको धम्की दिएको भन्दै अधिकृत के.सीले प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएका छन ।
नेपाली काग्रेस जिल्ला सभापतिसमेत रहेका ओलीले आफ्नो नाममा रहेको ज्द्य भ्लनष्लभभचष्लउ ७ ऋयलकतचगअतष्यल एखत।तिम । प्बतजबmबलमबग र नगरपालिका विचमा रहेको नगरपालिकाभित्रका वडा नं. २ देखि १४ सम्मका सडकहरुको मर्मत संभारको सम्झौताको विषयमा तथानाम गाली बेइज्जती गरी मार्ने सम्मको धम्की दिएको प्रमुख प्रशासकीय अधिकृत के.सीले जानकारी दिनुभयो ।
नेपाली काङ्गे्रसका जिल्ला सभापति ओलीले मोवाइल नं. ९८४४८५६४५५ बाट दिउँसो १२ः४१ बजे चौरजहारी नगरपालिकाको नाममा रहेको मोबाइल नं. ९८५७८२६१११ मा फोन गरी ज्यान मार्ने सम्मको धम्की दिएको प्रमुख प्रशासकीय अधिकृत रामबहादुर के.सीको आरोप छ । शान्तिपूर्ण वातावरणमा बाँच्न पाउने हक कुण्ठित भएको एवम् जीउज्यानमा जुनसुकै बेला खतरा हुने देखिएकोले जीउज्यानको सुरक्षाको पूर्ण ग्यारेन्टि गर्न एवम् अन्यत्र सरुवा हुने वातावरण मिलाईदिनु हुन समेत अनुरोध गरेका छन ।





error: Content is protected !!