कार्यालयमा मानसिक स्वास्थ्यको महत्व र असर कस्तो हुन्छ ?

काठमाडौँ । कोरोना महामारी शुरुवात हुनुभन्दा पहिला जेन जी तथा मिलेनियल पिंढीले एक अनुसन्धानमा आफ्नो प्रायस् समय तनाव पूर्ण हुने र खाली समय परिवारको रेखदेख, लामो योजनाको आर्थिक सुरक्षा र जागिरको विषयमा सोच्दा सोच्दै बित्ने बताएका छन् ।

कोरोना लकडाउनको कारण अहिलेको पिंढीको तनाबको मात्रा आठ प्रतिशतले घटेको छ । पछिल्लो पिंढीको तुलनामा अहिलेको पिंढीमा तनाबले समस्या उत्पन्न हुने र मानसिक स्वास्थ्यको महत्व प्रति बढी झुकाव भएको देखिएको छ ।

आधा मिलेनियल र जेन(जि हरुले प्राथमिक सर्वेमा चिन्ताको कारण कामबाट छुट्टि लिएको बताएका छन् । तर तनाबको विषयमा प्रष्ट तथ्य भने बाहिर आएको छैन ।

तथ्यांकको अनुसार ४४ प्रतिशत मिलिनियल पिंढीका मानिसले स्ट्रेस र एन्जाईटिको कारण कामबाट छुट्टि लिएको बताएका छन् भने जेन –जि पिंढीका केवल ३८ प्रतिशत मात्र रहेका छन् ।

महिला हरु पुरुषको तुलनामा ५४ देखि ४५ प्रतिशत सम्म अन्य कारणले छुट्टि लिने बताएका छन् । ५२ प्रतिशतले कार्यालयमा मानसिक रुपमा सहयोग मिलेको बताएका छन् ।

शारीरिक तथा मानसिक तनाबले मानिसलाई कामबाट छुट्टि लिने भन्दा पनि मानसिक स्वास्थ्य ठुलो समस्या रहको छ । उनीहरुले अन्य व्यक्तिको जीवनमा पनि प्रभाव पारिरहेको हुन्छन् ।

यसले मानिसको सम्पूर्ण कार्य क्षमता, लोयल्टी र कामदारहरुलाई महत्वपूर्ण समयमा निर्णय लिने जस्तो पक्षमा पनि असर गरिरहेको छ । सर्वेको अनुसार, नयाँ पिंढीका युवामा बढी तनाब तथा मानसिक स्वास्थ्य निकै गम्भीर हुँदै गएको तथ्यबाहिर आएको छ जसले गर्दा काम गर्ने तरिकामा फरक पर्ने देखिएको छ ।

सेन्टर फर हेल्थ स्ट्याटिस्टिकको एक हाउसहोल्ड प्लस सर्वेको अनुसार, १८ देखि २९ वर्षका युवामा र ३० देखि ३९ वर्ष सम्मका युवामा अन्य उमेर समुह भन्दा एन्जाईटि र डिप्रेसनको बढी समस्या भएको पत्ता लागेको छ ।

परिवारको रेखदेख, पछि सम्मको खर्च र कामको प्रकार को कारण ती उमेर समूहका युवामा सधै चिन्ता र डर रहिरहने देखिएको छ जसले कोरोना महामारीमा झन् थप तनाब बढ्दै गएको छ ।

मिलेनियल पिंढीका युवामा आर्थिक भारले गर्दा तनाब अधिक हुने देखिएको छ ।

आर्थिक मन्दीको कारण उनीहरुको तनाब झन् बढ्दै गएको छ । महामारीको समयमा ६१ प्रतिशत मिलेनियलले आर्थिक अभावको समाना गर्नुपरेको थियो जसले गर्दा धेरै पछि सम्म असर गर्ने देखिन्छ ।

डेलोइट सर्वेको अनुसार अहिलेको मिलेनियम र जेन जि पिंढी काम र दैनिक जीवनको सन्तुलन देखि मौसम परिवर्तन र राजनीतिक अनिश्चितताको विषयमा चिन्तित भएको देखिन्छ ।

डेलोइट ग्लोबल प्रमुख मिचेल पार्मिली भन्छिन्, ुमानसिक स्वास्थ्यमा विश्वव्यापी रुपमा कुराकानी किन गति लिइरहेको छ र किन बोर्डरूम टेबल्स वरिपरि बढी प्रख्यात भइरहेको छ भनेर बुझ्न सजिलो हुँदैछ ।

उनी भन्छिन्, तनावले कामको उत्पादकत्वमा प्रत्यक्ष र नकारात्मक असर पार्दछ भन्ने कुरालाई ध्यानमा राखी, रोजगारदाताहरूले तनाव कम गर्न र काममा नराम्रो मानसिक स्वास्थ्यका कारणलाई कम गर्नमा उनीहरूको भूमिका बुझ्नु र अपनाउनु पर्छ।

महामारीको बढ्दो समयमा कामदारहरुको मानसिक अवस्थाको बारेमा पनि ध्यान पुर्याउनु पर्छ ।

सबै रोजगारदाताहरूले अनुसन्धान गर्नुपर्दछ र सामान्य कामदारहरूको बीचमा मानसिक स्वास्थ्य चुनौतिहरूको जड कारणहरू बुझ्नुपर्दछ र उनीहरूका विशेष व्यक्तिहरू तथा उनीहरूको सिकाईमा आधारित कार्यक्रमहरू सिर्जना वा अपडेट गर्नुपर्छ ।

डेलोइट ग्लोबलकी इमा कोड भन्छिन्, ुकार्यालयको नेतृत्व गर्ने पक्षले कार्यलयमा यस्तो तनाबको अवस्था छ वा छैन भन्ने बुझ्नुपर्दछ । मानसिक स्वास्थ्य बिग्रिदै जानुमा चिन्ता प्रकट गर्ने र समर्थन प्राप्त नहुनु पनि रहेको छ । एक कर्मचारीलाई थाहा हुन सक्छ कि उनीहरू मानसिक स्वास्थ्य चुनौतिहरूको सामना गरिरहेका छन् तर तिनीहरू एक प्रकारले बेवास्ता गर्दछन् वा यो डरलाग्दो हुन सक्छ कि भन्ने चिन्ता हुन्छ । त्यसैले उनीहरु आफ्नो सहकर्मीलाई यस विषयको खुलासा गर्दैनन् ।ु

कार्यालय प्रमुखहरुले मानसिक स्वास्थ्यको बारेमा खुलेआम कुरा गरेर, उनीहरु हरू ठीक छ कि छैन भनेर सोधेर र समर्थन प्रदान गर्न अर्को के गर्ने भनेर थाहा पाएर मानिसहरूलाई के चाहिन्छ भन्ने, जस्तो कामले पनि तनाब कम गर्नमा ठुलो भूमिका खेल्न सक्छ ।
डेलोइटले पाँचवटा चरणको बारेमा बताएको छ जसलाई कार्यालयको नेतृत्व गर्नेहरु तथा कामदारको मानषिक स्वास्थ्य सुधारमा सहयोग गर्नसक्छ

सम्पर्कमा रहनेस् आफ्नो कार्यालयको सहकर्मी तथा साथीहरुसंग नियमित कुराकानी गर्नुपर्दछ । समाजिक दुरीका कारण एक्लै भएका कामदारहरुको अवस्था कस्तो छ भनेर बुझ्ने काम गर्नुपर्दछ जसले गर्दा उनीहरुलाई केहि राहत मिल्नेछ ।

समस्या सुल्झाउने

तनाब तथा डरको कारणले काम गर्ने समय र डेडलाइनमा समस्या उत्पन्न हन्छ । आफ्नो काम गर्ने शैलीमा परिवर्तन तथा समय व्यस्थापनले कम समयमा आफ्नो कार्य पुरा गर्न सकिन्छ ।

फराकिलो सोच राख्नेस् आफ्नो समुहको कार्य व्यस्तता र प्रेसरको बारेमा खुलेर कुरा गर्ने र अनुमानको भरमा कुनै पनि कुराको निस्कर्षमा पुग्नुहुँदैन सबैको आफ्नो आफ्नो अनुभव हुन्छ र त्यो साझा गर्दा सजिलो अनुभव हुन्छ ।

सोध्न र कुरा सुन्न समय दिने स् अन्य कर्मचारीलाई केवल ुके तिमी सन्चै छौ ?  जस्तो साधारण प्रश्नले पनि उनीहरुको जीवनमा ठुलो फरक पर्न सक्छ कतिपय अवस्थामा समस्यामा परेका मानिसहरुले आफ्नो विश्वासिलो साथीलाई खुलेर कुरा गर्न सक्छन् ।

पार्मिली भन्छिन्, रोजगारदाताहरू जसले कार्यस्थलमा मानसिक स्वास्थ्यलाई सम्बोधन गर्ने महत्त्वलाई मान्यता दिन्छन्, दुवै निकट र लामो अवधिमा लाभहरू प्राप्त गर्दछन् । यसले अधिक उत्पादकत्वदेखि बढि, विविध र समावेशी संस्कृति प्रति कर्मचारी वफादारी सम्म सबै कुरा समावेश गर्दछ ।





error: Content is protected !!