मन्त्री बस्नेतद्धारा पचास शैयाको अस्पतालको शिलान्यास

 हेमन्त केसी
जाजरकोट ,  भौतिक पूर्वाधारको अभावमा चिरा परेको भवनमा सेवा दिँदै आएको जाजरकोट अस्पताल आधुनिक भवन निर्माणको काम सुरु भएको छ । अघिल्लो वर्ष अस्पताल निर्माणका लागि विस्तृत योजना प्रतिवेदन (डिपिआर) तयार भएपछि यो आर्थिक वर्षबाट आधुनिक भवनको निर्माण कार्य सुरु भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मशिला बस्नेतले जानकारी दिनुभयो ।

करिब ३० करोड रुपैयाँको लागतमा नयाँ भवन निर्माण हुँन लागेको हो । सहरी विकास मन्त्रालय अन्तरर्गत संघीय आयोजना कार्यान्वयन एकाइले जिल्ला अस्पतालको भवनको निर्माण गर्न लागेको हो । २०७७ असार २६ गते सिनर्जी ,ज्ञानज्वाती , क्षितिज जेभि कोटेश्वर ३२ काठमाडौँले भवन बनाउने ठेक्का लिएका छन् । २०७९ पुस २५ गते भित्र अस्पतालको भवन निर्माण कार्य पुरा गर्ने सम्झौतामा उल्लेख छ । २०७२ सालमा गृहमन्त्री भएका हालका वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले १५ शैयाबाट ५० शैयाको अस्पताल स्तरउन्नती भएको भन्दै उद्घाटन गर्नुभएको थियो ।


आज उहाँले नै ५० शैयाको निर्माधिण आधुनिक भवनको शिलान्यास गर्नुभएको छ । चुनावी एजेण्डा समेत रहेको मन्त्री बस्नेतको आधुनिक अस्पताल बनाउने सपना पुरा हुँन लागेको छ । विसं २०३३ मा निर्माण गरिएको जीर्ण भवनमा अस्पतालले सेवा दिइरहेको थियो । जिल्लाका सवै समस्यहरु समाधान उन्मुख भएर अगाडी बढेको मन्त्री बस्नेतले बताउनुभयो ।

नयाँ भवन निर्माण हुँदा सेवा अवरुद्ध नहोस् भनेर कर्णाली प्रदेश सरकारले वैकल्पिक भवन निर्माणका लागि अघिल्लो आर्थिक वर्षमा ४९ लाख रुपैयाँ उपलब्ध गराएकोले सो रकमबाट केही भवन निर्माण गरी अहिले सेवा सूचारु गरिएको छ । भवन अभावका कारण ५० शैयाको उक्त अस्पतालले मुस्किलले २५ शैयाको मात्र सेवा उपलब्ध गराउँदै आएको छ ।
जाजरकोट, रुकुम र डोल्पा जिल्लाका बासिन्दाको उक्त अस्पतालमा भीड लाग्ने गरेको छ । यसअअघि निर्माण व्यवसायीले निर्माण गर्दा बीचमै छाडेर लथालिंग बनाएका अस्पातलको प्रसूतिगृहलगायत भवनहरु अहिले अस्पतालकै पहलमा निर्माण गरिएको छ । जिल्ला अस्पतालमा एम्वुलेन्स सेवा र दरवन्दीको विषयमा समेत पहल भईरहेको र यो आर्थिक वर्ष भित्र पुरा हुने मन्त्री बस्नेतको भनाइ छ ।

जाजरकोटमा विकासको क्रान्ति सुरु –मन्त्री बस्नेत
वन तथा वातारणमन्त्री शक्तिबहादुर बस्नेतले जिल्लाको संमग्र विकासका लागि धेरै आतिहाल्नुपर्ने अवस्था नभएको बताउनुभएको छ ।
आज जाजरकोट सदरमुकाममा ५० शैयाको अस्पताल शिलान्यास गदै यहाँले यस्तो कुरा बताउनुभएको हो । जिल्ला भएर डोल्पा जाने सडकको काम अगाडी बढेको भन्दै उहाँले अव पश्चिम जाजरकोटको छेडा – जुनिचाँदे सडकको डिपिआर काम सुरु भएर यो आर्थिक वर्षमा कालोपत्रेका लागि काम हुँने बताउनुभयो ।

कुदुमा खानेपानीको समस्य हल गर्न यो आर्थिक वर्षमा ७५ लाख रुपैयाँ निनियोजन भएको भन्दै अन्य रकमका विषयमा समेत छलफल चलिरहेको बताउनुभयो । टेलिफोन टावरका निर्माण भईसक्ने अवस्थामा कोरोनाका कारण ढिला भएको भन्दै अव वातावरण अनुकूल हुँन गएकोले सो समेत समाधान हुँने जानकारी दिनुभयो । जिल्लामै फरेष्टि , ईन्जिनियर पढाई सुरु भएको जानकारी दिदै स्वास्थ्यका बिभिन्न समुहको पढाइ सुरु भएको जानकारी दिनुभयो ।

विद्युतीकरणको काम समेत तिव्र रुपमा भएको बताउनुभयो । जनताको चाहाना र भावना अनि माग अनुसार हाम्रा कामहरु अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा पुर्व शान्ति तथा पुर्ण निर्माण मन्त्री सत्य पहाडीले जिल्लाको विकासका लागि कुनै कसुर बाँकी नराखेर काम गरिने बताउनुभयो । कर्णालीको परिचय फेर्नु नै पहिलो काम भएको बताउनुभयो ।





error: Content is protected !!