असोज १९ गतेबाट तातोपानी नाका खुल्ने

काठमाडौं ; सिन्धुपाल्चोकको तातोपानी नाका खुल्ने भएको छ। मंगलबार नेपाल–चीन सीमाको मितेरी पुलमा बसेको बैठकमा असोज १९ गतेदेखि नाका खुल्ने सहमति भएको हो।
१८ गते जाङ्बु पोर्टबाट जाँच पास सुरु गर्ने र १९ गतेबाट नेपालमा सामान आउँछ’ सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले अन्नपूर्ण अनलाइनसँग भने। धेरै सामान अड्किएकाले सुरुमा दुई टोलीले काम गर्ने उनले बताए।
हामीले पनि खुलेरै कुरा राख्यौं। व्यवसायीहरुको बीच बाटोमा धेरै सामान अड्किएको छ भनेर कुरा राख्यौं त्यसपछि चिनिया पक्ष सकरात्मक हुनुभयोु तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले भने। खत्रीका अनुसार बाढीका कारण भत्किएको बाटो बनिसकेको छ। खत्रीका अनुसार पहिरोको कारण असार २५ गतेदेखि तातोपानी नाका बन्द रहेको थियो।
बैठकमा नेपालबाट सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, प्रहरी प्रमुख राजन अधिकारी, सशस्त्रका प्रमुख, भन्सार प्रमुख, अनुसन्धानका प्रमुखलगायत सुरक्षा निकायका प्रमुखहरु छलफलमा सहभागि भएका थिए।








