चिनियाँ सम्राटका १५ दिन र एक सय २१ स्त्री

जुन बखत पश्चिममा प्राचीन सभ्यताको अन्त्य भइरहेको थियो तब पूर्वमा भने गणितले आफ्नो उचाई नाप्दै थियो ।

समुद्री बाटो पत्ता लगाउन होस् वा समय मापन गर्न, गणितले अहंम भूमिका निर्वाह गरिरहेको थियो । प्राचीन सभ्यता पनि धेरै हदसम्म यसमा निर्भर थियो ।

गणितको यात्रा मिस्र, मेसोपोटामिया र ग्रीसबाट शुरु भयो । यो सभ्यातको अन्त्य पछि पश्चिममा यसको प्रगति रोकियो । जबकी पूर्वमा भने यसले नयाँ उचाई चुमिरहेको थियो ।

प्राचीन चीनमा गणित एक महत्वपूर्ण विषय थियो । यसकै आधारमा ‘ग्रेट वाल अफ चाइना’ खडा भएको थियो । विवाह तथा अदालती काम–कारवाहीमा समेत अंकहरु महत्वपूर्ण बन्दै गएको थियो ।

प्रणयको गणितिय योजना

त्यो समयमा क्यालेण्डर र ग्र्रहको चालको आधारमा नै सम्राटले सबै निर्णय लिन्थे । उनीहरुको दिन र रातको सम्पूर्ण योजना पनि यसैको आधारमा बनाउने गरिन्थ्यो ।

त्यसबेला हरमको प्रचलन थियो । हरम भनेको एक पुरुषका निम्ति अनेकौ महिला बस्ने त्यस्तो स्थान हो, जहाँ अन्य पुरुषलाई जान निषेध हुन्छ । शाही मन्त्रीहरुले आफ्ना सम्राटले हरममा प्रत्येक महिलासँग एक निश्चित समय अवधीको अन्तरालमा रात विताउन सकोस् भनेर सुनिश्चित गर्थे । यी सबै कुरा गणितको ज्यामितिय अनुक्रम र गुणोत्तर श्रेणीमा आधारित हुन्थ्यो ।

भनिन्छ, चीनका सम्राटलाई १५ दिनको अवधीमा एक महारानी, तीन वरिष्ठ श्रीमती, नौ श्रीमती, २७ हरम दासी तथा ८१ दासी सहित एक सय २१ महिलाहरुसँग सुत्नु पथ्र्यो ।

महारानीदेखि दासदासी सहितको पाँच समुह पछिल्लो समूहभन्दा तीन गुणा ठूलो थियो । गणितिज्ञहरुले के निश्चित गर्नुपथ्र्यो भने, सम्राट यी मध्ये प्रत्येक महिलाका साथ एक निश्चित अवधीभर सुत्न सकुन् । यसको लागि उनीहरुले रोष्टर बनाएका थिए ताकी हरमका प्रत्येक महिलालाई १५ दिन पश्चात्त सम्राटसँग सुत्ने अवसर प्राप्त होस् ।

शारीरिक शक्ति र बल

त्यसक्रममा पहिलो रात महारानीको लागि छुट्याइन्थ्यो । दोश्रो रात तीन वरिष्ठ श्रीमतीका लागि र त्यसपछि नौवटा श्रीमतीका छुट्याइने गरिन्थ्यो ।

त्यसपछि मात्र ९ को संख्यामा एक पछि अर्को गरी ७ हरम दासीको पालो आउँथ्यो । यसरी नै सम्राट आफ्नो छ रात विताउँथे । आखिरमा बल्ल ९–९ जनाको संख्यामा ८१ दासीको पालो आउँथ्यो । यसरी १५ दिनमा सबै एक सय २१ महिलालाई सम्राटको साथ रात विताउने अवसर प्राप्त हुन्थ्यो ।

पूर्णिमाको दिनहरुमा सम्राट उच्च दर्जाका महिलाहरुसँग सुत्नुन् भन्ने कुरा समेत रोस्टमले सुनिश्चित गर्थे ।

प्राचीन अवधारणा अनुसार यो समयमा महिलाहरुका ‘यिन’ अर्थात उनीहरुको प्रजनन क्षमता चरमविन्दुमा हुन्छ र उनीहरुमाझ यही मान्यता थियो की यस क्रममा महिला ‘यांग’ अर्थात पुरुष बलको सामना गर्ने स्थितिमा हुन्छन् ।

सम्राट त शासक थिए । त्यसैले उनमा शारीरिक बल हुनु स्वभाविक नै थियो । यो पनि स्पष्ट थियो शाही उत्तराधिकारी पाउनको लागि पनि त्यो दम त्यति नै जरुरी थियो । त्यसबेला दरवारको सञ्चालन गर्न मात्र गणितको प्रयोग हुँदैनथ्यो । राज्य सञ्चालनका लागि पनि यो उत्ति नै महत्वपूर्ण थियो ।

अंक मै छ रहस्यमय शक्ति

त्यसबेलाको प्राचीन चीनको सामाज्य कडा कानुनी व्यवस्था, व्यापक कर व्यवस्था, वजन तथा मुद्राको एक प्रामाणिक व्यवस्थाको साथ विशाल हुँदै गइरहेको थियो । त्यहाँ पश्चिमाहरुले लागु गरेको दशमलव प्रणाली लागु हुनु करिब एक हजार वर्ष पहिलेदेखि नै यसको प्रयोग भैरहेको थियो । यतिमात्र हैन, १९ औ शताव्दीको सुरुवाती चरणमा पश्चिमी देशहरुमा जुन किसिमको गणितीय समिकरण देखिन सुरु भएको थियो, चीनले शताब्दीयौ पहिलेदेखि यसको प्रयोग सुरु गरिसकेको थियो ।

पौराणिक कथा अनुसार चिनियाँहरुले भगवान मानेका येलो सम्राटले संख्याको अलौकिक महत्वबारे बुझेर नै २८ सय ईसा पूर्वमा गणितको रचना गरेका थिए । आज पनि चीनमा यही विश्वास गरिन्छ कि संख्यामा रहस्यमय शक्ति छ ।

विषम संख्या पुरुषका लागि र सजिलो संख्या महिलाहरुको भनिएको छ । कुनैपनि हालतमा मानिसहरु अंक चारसँग बच्न चाहन्छन् भने अंक आठलाई सौभाग्यको प्रतिक मानिन्छ । प्राचीन चीनमा आकृतिहरु पनि नम्बरकै आधारमा निर्माण गरिन्थ्यो । सुडोकुको सुरुवाती संस्करणको पनि विकास पनि उनीहरुले नै गरेका थिए ।

छैठौ शताब्दीमा चीनमा खगोल विज्ञानद्वारा ग्रहको गतिको गणना गर्न थ्यौरम (प्रमेय)को प्रयोग गरिन्थ्यो । आज पनि इन्टरनेटको क्रिप्टोग्राफीमा यसको व्यवहारिक प्रयोग हुँदै आएको छ ।

बिबिसीबाट





error: Content is protected !!