सल्यानमा वडाध्यक्षले आफ्नै पारिश्रमिकबाट वडा कार्यालय र स्वास्थ्य भवनका लागि किने जग्गा

बनगाडका एक वडाध्यक्षले आफ्नो पारिश्रमिकबाट दुई सरकारी कार्यालयका लागि जग्गा खरिद गरेका छन्। बनगाड कुपिण्डे नगरपालिका–८ का वडाध्यक्ष कुलबहादुर पुरीले आफुले पाउने पारिश्रमिकबाट वडा कार्यालय र स्वास्थ्य संस्थाका लागि जग्गा खरिद गरी हस्तान्तरण गरेका हुन्।

वडा कार्यालय तथा स्वास्थ्य संस्थाका लागि आवश्यक जग्गा उपलव्ध हुन नसकेपछि वडाध्यक्ष पुरीले आफुले बुझेको पारिश्रमिकबाट जग्गा खरिद गरेर हस्तान्तरण गरेको बताए।

उनले खलंगा सल्लीबजार सडकखण्डमा पर्ने एक रोपनी जग्गा तीन लाख रूपैयाँमा खरिद गरी दुवै कार्यालयका नाममा नामसारी गरिदिएको जानकारी दिए।

आफ्नै कार्यकालमा वडा कार्यालय र स्वास्थ्य संस्था निर्माण गर्ने उदेश्यले सो काम गरिएको उनको भनाइ छ।

जग्गा प्राप्त भएपछि अहिले भवन निर्माणको काम सुरू भएको छ।

पुरीले स्वास्थ्य संस्थाको भवन निर्माणको लागि शिलान्याससमेत गरेका छन्। लामो समयसम्म वडा कार्यालय भाडामा सञ्चालन गर्दा भोगेका समस्याकै कारणले पनि आफुले जग्गा दान गरेर सरकारी भवन निर्माण गर्न लागेको उनले बताए।





error: Content is protected !!