किन पुगेनन् जनता सम्म यि तथ्य ?

हेमन्त केसी न्यौपाने

अर्कालाई मात्र गाली र आलोचना गरी नथाक्ने हामी आफ्नो जिम्मेवारी कति पुरा गरेछौँ होला ? एक पटक आफै तीर फर्केर हेर्दा दुई वर्ष अघि गरेका काम र बोलेको कुराले अहिले आफैलाई पोलिरहेको हुन्छ । संसार नै ढाक्ने गरी आर्दशबादी बनेर सगरमाथा चुम्ने बताउने हामी घर अगाडी दैनिक ठेस लाग्ने ढुङगा उठाउने फुर्सद छैन । सोही ढुङ्गाले ठेस लागे घरपरिवारमा रातो आँखा बनाएर झगडा गर्न भने हामीलाई घण्टौँ समय छ । दलको कार्यक्रर्ता हुँ भन्छ तर नेतृत्वलाइ उडाउदै हिड्छ । शिक्षक हुँ भन्छ विद्यार्थीलाई सुर्तीजन्य बस्तु खरिद गर्न लगाउछ । पत्रकार हुँ भन्छ , आफ्नो विचार धारा मिल्ने दल बाहेक अरु देख्दैन । यस्तै अनेकन व्यथाबाट हामी र हाम्रो समाज अगाडी बढेको छ । जसका कारण समाजमा सवै खालका आशा भन्दा निरासा बढाउने काम बढी भएको छ । विगत चार वर्ष देखि गृह जिल्ला जाजरकोटका विषयमा कयौँ समाचार आए र लेखिए । जुन समाचार ७० प्रतिशत केही नभएको वा निरास बनाउने खालका मात्र प्रकाशित भएका छन् । मैले आमसञ्चार र पत्रकारिताको विषयमा डिग्री पढ्दै गर्दा अन्तिममा एउटा प्रोजेक्ट वर्क गराउने कलेजको नीति अनुसार जाजरकोटकै विषयलाई छानेर एउटा समाचारको शैली हेर्ने मौका मिलेको छ । राष्ट्रिय देखि स्थानीय मिडिया हाउसबाट उत्पादन हुँने समाचार र त्यहाँ समावेश भएका विषय बस्तुले समाजमा कति योगदान गरे होलान् भन्ने पनि मेरो खोजको विषय रहेको थियो । हामीले समस्या देखाउने नाममा सधैँ अभाव र गरिवी मात्र देखाएको तथ्य मेरो खोजले देखाएको छ । जाजरकोटमा खासमा समाचारमा भने जस्तै सवै अभाव र पछाडी परेको मात्र हो त ? खास केही छैन जाजरकोटमा ? हाम्रो नेतृत्वले जिल्लाका लागि केही योगदान गरेन त ? यि प्रश्नको उत्तर जाजरकोटी पत्रकारीताले खास जनसाधारणमा दिन नसकेको तथ्य हामी सामु रहेको छ । विकास , संमृती र जनताको चनचासोलाई सुर्यलाई हत्केलाले ढाक्न खोजेर त्यो ढाकिन्छ होला ?
चार वर्षको खास के छ उपलव्धी ?
जाजरकोट सदरमुकाम लगाएत अन्य ठाउँमा केन्द्रीय विद्युतको प्रशारण लाईन पुगेर अहिले सातै स्थानीय तहमा पुर्याउनका लागि सव स्टेशनका काम र पोल गाडेर तार जोड्ने काम कोरोनाकै बीचमा भएको देखिन्छ । ४१७ मेगावाट जलविद्युत आयोजना ( नलगाड जलविद्युत) को प्रभावित क्षेत्रका सर्वसाधारणहरुलाई मुआव्जा वितरणको काम र डिपिआरको काम समेत चलिरहेको छ । ताँसुगाड जलविद्युत आयोजनाको डिपिआर अन्तिम चरणमा पुगेको छ । भेरी करिडोरमा १३ वटा पक्की पुलको काम सुरु भएको पाइएको छ । जिल्लामै प्राविधिक ( स्वास्थ्य सहित ) धारको पढाइ सुरु हुनुका साथै स्वास्थ्य सेवा कार्यालयको लागि ५० शैयाको भवन निर्माण कार्य सुरु भएको छ । भेरी करिडोर अन्तरर्गत पासागाड देखि डोल्पा सम्मको सडकमा पिचको काम समेत यसै आर्थिक वर्ष देखि थालनी गरिएको छ ।

स्थानीय तहहरुले आफ्नो क्षमताले सके सम्मका सकरात्मक काम सुरु गरेका छन् । सडक निर्माणले तिव्रता पाएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गरेर जिल्लामै स्वास्थ्य सम्वन्धी बिभिन्न विभागका पढाइ सुरु भएका छन् । मध्यश्चिम विश्वविद्यालयको सहकार्यमा जिल्लामै उच्च तहको पढाइ सुरु भएको छ । ७७ जिल्ला मध्य जाजरकोटमा सवै भन्दा बढी खाद्य डिपोहरु स्थापना भएका छन् । छिन्चु जाजरकोट सडक खण्डमा पुल पुलेसा निर्माणको काम जारी रहेको छ । जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना मार्फत कृषक सँग सिधा जोडिएको सुन्ता र माउरी जोन कार्यक्रम चालु अवस्था छ । जसले कृषकका मर्का र उत्पादन प्रर्णालीमा जोड दिएको छ ।

मध्यपहाडी लोकमार्गमा पिचको काम सुरु भएको छ । सडक निर्माणका हिसावले जाजरकोट बीच भागमा भएका कारण सडकको हर्वका रुपमा स्थापित भएको मान्न सकिन्छ । स्थानीय तह सहित ३० भन्दा बढी ठाउँमा स्वास्थ्य संस्थाका भवन निर्माण कार्य सुरु भएका छन् । जुन संघीय सरकारको वजेटबाट बन्दै छन् । यि कुरा हाम्रो मिडियामा कहिले समाचार कभरेज भए । जनताले यि कुरा कहिले थाहा पाउने ? प्रश्न यहाँ नेर हो । मिडियाको काम भए गरेका काम जनता सामु पुर्याउनु र अपुग भएका कुरा नेतृत्व तहमा पुगेका व्यक्तिलाइ सम्म पुर्याएर झकझकाउनु पनि त होला ? अर्कालाई बदल्न आग्रह गर्नेहरु आफू पनि बदलिन सक्नु पर्छ भन्ने विचार दरो रुपमा उठ्न गरेको छ ।

विद्यार्थी पढाउन छाडेर पार्टी विस्तारमा लाग्ने ? कार्यालयको काम छाडेर दलको प्रचार गर्ने ? विकास निर्माण गर्न छाडेर शक्ति केन्द्र धाउने ? आखिर के का लागि हो । सरकारी तलव भत्ता खाएर सरकारकै विरोधमा दश हात उफ्रिने तर आफ्नो कार्यालयमा सिन्को नझाच्ने आहा गजवको लोकतन्त्र ? अहिले संसार भरी कोेरोनाले थलिएको छ , तर हाम्रो तीरका अधिकांश वुदिजीवी वर्गहरु दलको प्रचारमा उदृत देखिनुहुन्छ । यही हो खास लोकतन्त्र ? आफ्नो मान्छेले गरेको काम मात्र काम देख्ने अरुले गरेको भरी दिनमै रतन्धो लाग्ने गजवको परिपार्टीले समाजलाई के दिन्छ ? एउटै व्यक्तिको कति रुप हुन्छन् समाजले यही प्रश्न गरिरहेको छ । अहिले पत्रकारिता गर्ने यक्ति भन्दा पत्रकारिता गर्नेले लेखेको विषय बस्तु गहिरो रुपमा अध्ययन गरी साँचो सत्य छुट्याउने मानिसको जमात ठुलो छ ।

समाजले गरेको अपेक्षा हामी बाट यो होइन । समाजले केही आशा र केही भरोसा अनि न्याय मागीरहेको छ । भएका कुराको उपलव्धीलाई प्रकाशन नगर्ने नभएको कुरालाई आफ्नो विचार पस्कदा समाजले मात्र होइन , मूल नेतृत्वले समेत हामीलाई माफी दिने छैन । मैले व्याख्य गर्न छुटेका अनेक विषय होलान् म त्ययता गईन । अवको मूल कुरा भनेको हामीले गर्ने कर्मलाई केही सकरात्मक बनाउने की ? जिम्मेवारी हाम्रै काधमा रहेको छ । फोहोरी जाजरकोटको नामलाई अव संमृद्ध जाजरकोटको नाममा परिचय बनाउने काम समेत हाम्रो नै हो ।
लेखक ः पूर्वञ्चल विश्वविद्यालयका आमसञ्चार तथा पत्रकारिताका विद्यार्थी हुन् ।





error: Content is protected !!