मास्कको उचित प्रयोगले कच्चा भ्याक्सिनको काम गर्छ -विशेषज्ञ

रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) अमेरिकाका निर्देशक रोबर्ट रेडफिल्डले कोरोना भाइरस नियन्त्रणका लागि भ्याक्सिनभन्दा मास्कको उचित प्रयोग बढी प्रभावकारी हुने बताएका छन् । कोभिड संक्रमण नियन्त्रणका लागि भ्याक्सिन नै अन्तिम उपाय भएको बताइरहेका वेला मास्कको प्रभावकारिताबारे सिडिसीको नयाँ धारणा आएको हो । ‘मलाई भ्याक्सिनभन्दा फेस मास्कको प्रयोग बढी सुरक्षित लागेको छ,’ गत बुधबार श्रम, स्वास्थ्य तथा मानव सेवाको सिनेटमा निर्देशक रेडफिल्डले राखेको भनाइ उल्लेख गर्दै न्युयोर्क टाइम्सले लेखेको छ ।

कोभिड नियन्त्रणका लागि भइरहेका विभिन्न अध्ययन अनुसन्धानले मास्कको प्रयोगलाई सबैभन्दा बढी प्राथमिकता दिइरहेका छन् । पछिल्लो समय बिएमजी ग्लोबल हेल्थमा प्रकाशित भएको अध्ययनअनुसार कामको समयमा मास्क प्रयोग गर्दा संक्रमण निकै कम भएको पाइएको थियो । चीनको बेइजिङमा घरायसी काम गर्दा मास्क प्रयोग गर्ने व्यक्तिहरूमा पनि अध्ययन गरिएको थियो । परिवारको सदस्यमा संक्रमण देखिनुभन्दा अघिदेखि लगातार मास्क प्रयोग गर्ने परिवारमा संक्रमणको जोखिम ७९ प्रतिशत कम भएको पाइएको थियो । गैरनाफामुखी अनुसन्धान संस्था (आइजेडए)  ले जर्मनीको केही क्षेत्रमा गरेको अर्को अध्ययनअनुसार मास्क अनिवार्य गरिएको १० दिनमा संक्रमणको दर २/३ प्रतिशतदेखि १३ प्रतिशतसम्म घटेको पाइएको थियो । जुनसुकै काममा पनि मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने अवधारणा ल्याइएपछि कोभिड संक्रमण फैलिने दर निकै घटेको पाइएको छ ।

।।।।।

भाइरस एकबाट अर्को व्यक्तिमा सर्न कुनै माध्यमको आवश्यकता हुन्छ । चिकित्सकहरूले भाइरसलाई मुखसम्म पुग्न नदिन मास्कको प्रयोग अनिवार्य मानेका छन् । यदि नियमित मास्क प्रयोग गरिने हो भने भाइरसको संक्रमण नियन्त्रण गर्न निकै प्रभावकारी हुने बताइएको छ । यस्तै, कुनै पनि संक्रमणविरुद्धको खोप सञ्चालनमा ल्याउन ५० प्रतिशत मात्रै प्रभावकारी भएमा एफडिएले मान्यता दिइँदैन । यो अर्थमा कोभिडविरुद्ध उत्पादन गर्न लागिएका खोपहरू कति प्रभावकारी हुन्छन् भन्ने कुनै तथ्य छैन । खोप उत्पादन भएर प्रयोगमा आइसकेपछि मात्र यसको प्रभावकारिता थाहा हुन्छ । त्यतिवेलासम्मका लागि मास्कको प्रयोग एक मात्र विकल्प मानिन्छ ।

हप्किन्स सेन्टर अफ हेल्थका प्राध्यापक डा। अमिस ए अडलिजाका अनुसार पहिलो चरणमा बनाइएका खोपले संक्रमण पूर्ण रूपमा नियन्त्रण गर्न सक्दैनन् । पहिलो चरणमा निर्मित खोपले संक्रमण कम गर्न सक्नु नै बढी महŒवपूर्ण हुन्छ । एकचोटि खोपको प्रयोग गरिसकेका व्यक्तिमा फेरि संक्रमण देखिन सक्छ, तर कम गम्भीर हुन्छ । यो खोप शरीरमा संक्रमण हुन नदिन ५० प्रतिशत मात्रै प्रभावकारी हुन्छ । तसर्थ, बजारमा खोप उपलब्ध भइसकेपछि पनि सामाजिक दूरी, सरसफाइ र मास्कको प्रयोग भने अनिवार्य रूपमा कायम राख्नुपर्छ । खोपको प्रयोगपछि मास्कको प्रयोग गर्न छोड्नुहुँदैन ।

पहिलो चरणको खोपको प्रयोगबाट शरीरमा भाइरसविरुद्ध लड्ने क्षमता विकास हुनेछ, तर दादुराको खोपजस्तै यो खोपले शरीरमा एन्टीबडी निर्माण गर्न कति समय लाग्छ भन्ने कुनै यकिन तथ्य छैन । गत साता क्यालिफोर्निया विश्वविद्यालय सान फ्रान्सिस्कोका दुईजना संक्रामक रोग विशेषज्ञहरूले ‘मास्कको प्रयोग’लाई ‘कच्चा भ्याक्सिन’ भएको बताएका थिए । जसले भ्याक्सिन नआउँदासम्मका लागि संक्रमणलाई रोकेर भ्याक्सिनको काम गरिरहने उनीहरूको दावी छ । न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिनले मास्कलाई भ्यारियोलेसनको भएको उल्लेख गरेका छन्, जसको अर्थ समय बित्दै जाँदा शरीरमा आफैँ एन्टीबडीको निर्माण हुन्छ । यसको मुख्य उदाहरण ई।पू। १००० तिर भारतमा देखिएको बिफरलाई मानिन्छ ।

— एजेन्सीको सहयोगमा





error: Content is protected !!