पश्चिम जाजरकोटमा सुरक्षाको माग

जाजरकोट ,  जिल्लाको समग्र विकास निर्माण अनि शान्ति सुरक्षाको अनुगमण तथा निरीक्षण गदै हिडेका सरकारी अधिकारीलाई मागको थुप्रो लागेको छ । स्थानीय तहका प्रमुख देखि सर्वसाधारणहरुको मागले सरकारी अधिकांश अचम्मित भएका छन् ।


सरकारी अधिकारी सोचेको भन्दा फरक मागको आइरो आएपछि प्रमुख जिल्ला अधिकारी चेतराज बराल , डिएस्पी किशोर श्रेष्ठ , सशस्त्र प्रहरीका डिएस्पी अच्युत मजगैया , अनुसन्धानका डिएस्पी ओमबहादुर खड्का र सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र रेग्मी अचम्मीत भएका हुन् । पश्चिम जाजरकोटको छेडागाड नगरपालिका भित्र रहेको थलह बजारमा भएको छलफलमा यहाँका सर्वसाधारणले भारी माग राखेका छन् । स्थानीयले प्रहरी चौकीको माग , नियमित बजार अनुगमण तथा निरीक्षण , चोरी ,पैठारी नियन्त्रण र नियमित सडक निर्माणको पहल गर्न समेत माग गरेका छन् । वषौदेखि अलपत्र रहेको मोर्क खोलाको पुल निर्माण ध्यान दिन समेत ध्यानाक्रर्ण गराएका छन् ।


त्यस्तै टेलिफोन सेवा सवैको पहुँचमा पुर्याउन समेत स्थानीयवासीले मन खोलेर माग राखेका छन् । प्रहरी चौकी नहुँदा विप्लव समुहको चन्दा आतंकले हैरान भएको भन्दै छेडागाड नगरपालिकाका नगररप्रमुखले चिन्ता व्यक्त गनुभयो । हरेक योजनाबाट चन्दा उठाएर हैरान बनाएका छन् यसरी कसरी हुन्छ काम उहाँले प्रश्न गर्नुभयो । प्रजिअ बरालले प्रहरी चौकीको स्थापना गर्न आफूले पहल गर्ने आसपासन समेत दिएका छन् । विपत व्यवस्थापन समितिको वैठक बसी जिल्लाका सवै ठाउँमा परेका समस्या बुझन गाउँ , गाउँमा हिडेको सरकारी टोलीलाई सर्वसाधारणले आफ्ना माग खुलेरै राखेका छन् ।

अहिले प्रदेश स्तरको भौतिक पुर्वधार कार्यालयले जिल्लाका आन्तरिक सडक मर्मत गर्ने जिम्म लिएको छ । अन्य सडकहरु सडक डिभिजनलाई मर्मतको जिम्म दिइएको छ । छेडागाड नगरपालिकामा मात्र अहिले नयाँ २ वटा खाद्य डिपोहरु स्थापना गर्न माग गरिएको छ । पश्चिममा सञ्चालनमा रहेका औषधि पसल , खाद्य पसलहरु समेत अनुगमण गरिएको छ ।





error: Content is protected !!