नतिजा आउने गरी काम गर्न मन्त्री केसीको सुझाव

जाजरकोट , कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी नतिजा निकाल्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
आज जाजरकोट सदरमुकाम भएको विषयगत कार्यालयको समिक्षा कार्यक्रममा मन्त्री केसीले यस्तो बताउनुभएको हो । भए, गरेका कामको नतिजा निकाल्ने गरी काम गरेमा मात्र जनताले विकासको अनुभूति गर्ने भन्दै मन्त्री केसीले छलछाम मान्ने नहुँने बताउनुभयो ।
जाजरकोटमा भएका समस्या र समाधानका लागि कर्णाली प्रदेश सरकार सधै तपाइहरुको माझमा रहेको समेत बताउनुभयो । जनतामा सकरात्मक सन्देश दिने खालका कुरा उजागर गर्न समेत उहाँको भनाइ छ । मन्त्री केसी आफ्नो मताहातको जिल्ला स्थित कार्यालयको समिक्षा गदै आउनुभएको छ ।










