किन खान्छन वर्षेनी मजदुरहरु विषालु साग

हेमन्त केसी
जाजरकोट , खोजेको जती दररेटमा काम पाइने भएपछि उपल्लो डोल्पा हानिएका अधिकांश सर्वसाधारणहरु जंगलमा पाइने जडीबुटी तथा सागहरु खाने पर्दछन् ।

आर्थिक हैसियात कम भएका मजदुरहरु उपल्लो डोल्पामा भारी मुल्य पर्ने खाद्यान्न लयाएत अन्य तरकारी जन्य बस्तुहरु खरिद गर्न नसकेका कारण जंगली सागपात खान बाध्य हुँने गरेका छन् । उपल्लो डोल्पाका सर्वसाधारणहरु जंगलमा पाइने सागपातसँग स्थानीय जडीबुटी मिलाएर खाने गर्दछन् तर जाजरकोटबाट काम गर्न गएका मजदुरहरु पकाउने तरिका र आवश्यक सामग्रीबारे ज्ञान नहुँदा ज्यान जोखिममा पार्दै आएका छन् । आइतबार मात्र जाजरकोट नलगाड नगरपालिका –५ का ५ जना यूवाहरु स्थानीय ’जोक’ नाम गरेको साग खाएपछि बिरामी भए ।

उपल्लो डोल्पामा बल्ल तल्ल प्रहरी हुँदै प्रमुख जिल्ला अधिकारी सुरेश सुनार सम्म मंगलबार १ वजे रातीे खवर पुग्यो । जाजरकोटका काम गर्न उपल्लो डोल्पा गएका विरामी भएको खवर सुनेपछि जाजरकोट नै घर भएका प्रजिअ सुनार आतिए । मंगलबार विहान ५ बजे सम्म निन्द्रा सम्म नलागी रातभरी चिन्तित भएका प्रजिअ सुनार विहान ५ बजे देखि जताततै सम्पर्कमा जुट्नुभयो । उहाँले गृहमन्त्रालय प्रवक्ता चक्रबहादुर बुढा,वन तथा वातारणमन्त्री शक्तिबहादुर बस्नेत देखि नलगाड नगरपालिका ५ स्थित घरमा विहान ८ बजे सम्मा खवर पुर्याउन सफल

उनीहरु विरामी भएपछि सञ्चारको पहुँच नभएको उपल्लो डोल्पामा बल्ल तल्ल प्रहरी हुँदै प्रमुख जिल्ला अधिकारी सुरेश सुनार सम्म मंगलबार १ वजे रातीे खवर पुग्यो । जाजरकोटका काम गर्न उपल्लो डोल्पा गएका विरामी भएको खवर सुनेपछि जाजरकोट नै घर भएका प्रजिअ सुनार आतिए । मंगलबार विहान ५ बजे सम्म निन्द्रा सम्म नलागी रातभरी चिन्तित भएका प्रजिअ सुनार विहान ५ बजे देखि जताततै सम्पर्कमा जुट्नुभयो । उहाँले गृहमन्त्रालय प्रवक्ता चक्रबहादुर बुढा,वन तथा वातारणमन्त्री शक्तिबहादुर बस्नेत देखि नलगाड नगरपालिका ५ स्थित घरमा विहान ८ बजे सम्मा खवर पुर्याउन सफल हुनुभयो ।
उत्ता उपल्लो डोल्पामा विरामी भएका नलगाड नपा ५ का ३६ वर्षीय गोपाल ओली, १९ वर्षीय नरेन्द्र ओली, १८ वर्षीय अजय ओली, ३३ वर्षीय शिवराज केसी र ३८ वर्षीय टेकबहादुर ओली बिरामी अवस्था समेत बुझिरहेका प्रजिअ सुनार १० बजे नरेन्द्रको स्वास्थ्यमा उल्लेख्य सुधार भएको खवर सुनेपछि खुसी व्यक्त गदै हाम्रो गाउँले सन्च भए भन्दै रासस जाजरकोटमा खवर गरे ।

निरन्तरको प्रयास पछि ११ बजे सुर्खेतको आकाशबाट जाजरकोट हुँदै डोल्पाका लागि हेलिकोप्टर उड्यो । विरामीका आफन्तले हेलिकोप्टर देख्दा यो उपल्लो डोल्पा पुग्दा सम्म केही नहोस भनि हजार पटक देवी , देवता आफन्तले पुकारी रहेका थिए । विरामी भएको ठाउँ उच्च भाग शे फोक्सुण्डो गाउँपालिका–१, निजालगुम्बा हाइ अल्टिच्यूट अत्यधिक भएको ठाउँ हो ।

 

सुर्खेतबाट आएको हेलिकप्टरले २ पटकमा गरी ५ जनालाई निजालगुम्बाबाट जिल्ला सदरमुकाम दुनैसम्म ल्यायो । ४ जना बिरामीलाई हेलिकप्टरमार्फत सुर्खेतस्थित प्रदेश अस्पताल लिइयो भने एक एक जनालाइ दुनैमै उपचारका लागि राखिएको छ । नलगाडबाट आफन्तलाइ स्थल मार्ग हुँदै सुर्खेत जान जिल्ला प्रशासन कार्यालय , जाजरकोटले अनुरोध गरेको छ । नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले मंगलबार नै आफन्तलाइ सुर्खेत तर्फ पठाएको

सुर्खेतबाट आएको हेलिकप्टरले २ पटकमा गरी ५ जनालाई निजालगुम्बाबाट जिल्ला सदरमुकाम दुनैसम्म ल्यायो । ४ जना बिरामीलाई हेलिकप्टरमार्फत सुर्खेतस्थित प्रदेश अस्पताल लिइयो भने एक एक जनालाइ दुनैमै उपचारका लागि राखिएको छ । नलगाडबाट आफन्तलाइ स्थल मार्ग हुँदै सुर्खेत जान जिल्ला प्रशासन कार्यालय , जाजरकोटले अनुरोध गरेको छ । नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले मंगलबार नै आफन्तलाइ सुर्खेत तर्फ पठाएको बताउनुभयो । यो भन्दा अघिल्लो वर्ष पनि जंगली साग नै खाँदा ७ जना विरामी भएका थिए ।

फोन सम्पर्क नहुँने उपल्लो डोल्पामा वर्षेनी कामको खोजीमा जाने सर्वसाधारणहरु कत्तिले ज्यान गुमाउछन् छ कती बल्ल , तल्ल फर्केर आउँछन् । कोही कोरोनाको त्रासका बीचमा भारतको सिम्ला हानिएका छन् । गाउँ , घरमै रोजगारी सिर्जना नहुँदा ज्यान जोखिममा पारेर घरमा आफन्तको माया हृदयमा साँच्दै उनीहरु अर्काको भुभागमा भैतारिनु पर्छ ।

नखाइ , नलगाइ आधा पेट खाएर भएपनि आफन्तको इच्छा पुरा गर्न गर्न महिना पिच्छे जाजरकोटका सयौँ यूवाहरु भारत , डोल्पा र देशका अन्य भागमा पुग्ने गर्दछन् । कत्तिले ज्यान गुमाउछन् , त कति लुटिएर घर पुग्ने गरेको पीडितहरु बताउँछन् । अहिले कोरोनाका कारण सवै कमाउने बाटो बन्द भएपछि सर्वसाधारणहरु हैरान भएको बताउँछन् । रिण तिर्ने देखि मुखमै आएको दशै , तिहार कसरी मनाउने भन्ने चिन्तामा यहाँका सर्वसाधारणहरु रहेका छन् ।





error: Content is protected !!