प्रहरी कुटपिट गर्ने युवामाथि मुद्धा दर्ता

सुशीला रेग्मी

रामपुर (पाल्पा), २३ भदौ ः प्रहरीलाई कुटपिट गर्ने तीन युवामाथि मुद्धा दर्ता गरिएको छ । मादक पदार्थ सेवन गरी हो–हल्ला गर्दै रामपुर अस्पतालमा सुरक्षार्थ खटिएका प्रहरी जवान जयप्रकाश चौधरीलाई कुटपिट गरिएको हो ।

प्रहरीलाई कुटेको आरोपमा रामपुर नगरपालिका वडा नं ४ का २० वर्षिय सुसन नेपाली, ३५ वर्षिय मनबहादुर नेपाली र वडा नं ५ का २२ वर्षिय सुरज सार्कीलाई मुद्धा दर्ता गरिएको छ ।

गत भदौ १६ गते राती १० ः ३० वजेको समयमा अस्पतालमा ड्युटीमा खटिएका स्वास्थ्यकर्मीलाई मादकपदार्थ सेवन गरी गाली गलौज गर्दै हो हल्ला मच्चाउने क्रममा ड्युटीमा रहेका प्रहरी जवान चौधरीले सम्झाउने क्रममा कुटपिट गरेका हुन्

प्रहरी जवानमाथि कुटपिटत गर्ने युवालाई मुलुकी अपराध संहिता २०७४ को परिच्‍छेद–२ को सार्वजनिक शान्ति विरुद्धको कसूरमा मुद्दा दर्ता गरी दश दिनको म्याद लिई थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!