चिकित्सकलाई कोरोना देखिएपछि अस्पताल सिल

नन्दा शाही
जाजरकोट , ११ भदौ ः स्वास्थ्य सेवा कार्यालय , जाजरकोटका चिकित्सकहरुलाई कोरोना संक्रमण देखिएपछि अस्पताल बिहीबार देखि अस्पताल सिल गरिएको छ ।
अस्पतालमा कार्यरत चार जना चिकित्सक सहित अन्य दुई स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछि सवै खालका सेवा बन्द गरी सिल गरिएको अस्पतालले जनाएको छ ।
त्यस्तै डिभिजन वन कार्यालयका कर्मचारीलाई पनि कोरोना संक्रमण देखिएको छ । एक हप्ताका लागि भेरी नगरपालिका ३–४ मा निषेधाज्ञा जारी गरिएको छ ।
चार दिन अघि मात्र राष्ट्रिय बाणिज्य बैंक , प्रहरी , सेना र भेरी नगरपालिकाका कर्मचारीलाइ कोरोना संक्रमण देखिएको थियो । अव चिकित्सक , स्वास्थ्यकर्मी र अन्य कर्मचारीको सम्पर्कमा आएकाहरुलाइ खोेजेर स्वाब लिने काम हुन लागेको अस्पतालले जनाएको छ । आकस्मिक सेवा बाहेक अन्य सेवा बन्द गरिएको निर्मित स्वास्थ्य सेवा व्यवस्थापक सुनिल पुनले बताउनुभयो ।





error: Content is protected !!