भेरी नगरपालिका ३ र ४ मा निषेधाज्ञा जारी

जाजरकोट ः यहाँको भेरी नगरपालिका , बाणिज्य बैंक , नेपाल प्रहरी , नेपाली स्ेना , स्वास्थ्यकर्मी र स्थानीयवासीलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । १९ जनालाई कोरोना पुष्टि भएसँगै भदौ ८ बेलुकी १२ बजेबाट लागु हुँने गरी भेरी नगरपालिका ३ र ४ मा भदौ १५ गते सम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो ।





error: Content is protected !!