तिजमा मेकअप कसरी गर्ने ?

सौन्दर्यले व्यक्तित्व झल्काउँछ । व्यक्तित्वमा निखार ल्याउन र आत्मविश्वास बढाउनसमेत मेकअप आवश्यक मानिन थालिएको छ । सामान्यतः भोजभतेर, सभा, गोष्ठीका लागि मात्र गरिने मेकअपलाई मेकअप मान्ने गरिछ । छालालाई स्वस्थ र सुन्दर राख्न गरिने हेरचाह पनि मेकअपभित्र पर्ने गर्छ । स्मार्ट देखिन र छालाको स्वास्थ्यलाई ध्यानमा राखेर घरमै बस्दा पनि मेकअप आवश्यक पर्ने धारणाको विकास हुँदै गएको छ ।

 तिजमा रमाइलो गर्ने भएकाले सकेसम्म हलुका मेकअप गर्नुपर्छ । यसपटक घरमै तिज मनाइने हुँदा कपडा र गहनाअनुसार सामान्य मेकअप गर्दा राम्रो हुन्छ ।

 मेकअपको सामग्री प्रयोग गर्नुभन्दाअगाडि अनुहार सफा अर्थात् क्लिन्जिङ गर्नुपर्छ । केही समयपछि अनुहारमा टोनर र मोस्चराइजर लगाउनुपर्छ । छालालाई मेकअपका प्रशाधनले असर नपु¥याओस् भन्न मेकअपअगाडि अनिवार्य मोस्चराइजरको प्रयोग गर्नुपर्छ ।

साडी र गहनासँग मिल्ने मेकअप गर्नुपरेमा सनस्क्रिन लगाइसकेपछि प्राइमर लगाउनुपर्छ । त्यसपछि आँखाको मेकअप गर्न सकिन्छ । आइब्रो मिलाउन आइब्रो पाउडर लगाउने र आइमेकअप गनुपर्छ । आइब्रो पाउडर लगाइसकेपछि हलुका हाइलाइट गर्न सकिन्छ । आइस्याडो हलुका हुनुपर्छ ।

अनुहारमा फाउन्डेसन लगाउने र यसलाई बेलेन्ड गर्नुपर्छ । त्यसपछि मेकअपअनुसार लुज वा कम्प्याक्ट पाउडर प्रयोग गर्न सकिन्छ । ब्ल्सर गालामा र नाकमा हाइलाइट गर्न सकिन्छ ।





error: Content is protected !!