माक्र्सवादको उत्पति र विकास

जयबहादुर विटालु (विजय)

कार्ल माक्र्सवाद प्रतिपादित विचार तथा सिद्धान्तका पद्धतीहरुलाई नै माक्र्सवाद भनिन्छ । जसमा उहाँका अभिन्न सहयोगी ऐङगेल्सको पनि महत्वपूर्ण योगदान रहेकोछ ।

माक्र्सले आफू भन्दा पहिलेका आर्थिक,सामाजिक,राजनीतिक तथा दार्शनिक ज्ञानको प्रशस्त मात्रामा अध्ययन गरेर त्यसैको लागि निश्कर्षका रुपमा माक्र्सवादको रचना गर्नू भएको थियो ।

जसको स्रोत जर्मन शास्त्रीय दर्शन,बेलायती अर्थशास्त्र र फ्रान्सेली समाजवाद जस सँग फ्रान्सेली क्रान्तिकारी सिद्धान्तहरु पनि सम्बन्धीत छन् । उन्नाइसौँ शताब्दीमा विश्वका सबभन्दा विकसित मूलुकहरुका यी तीन विचारधाराहरु वस्तूगत एवमं वैज्ञानिक विश्लेषणका साथ पुर्णता दिने प्रतिभा माक्र्समा थियो । तत्कालीन विचारहरु प्रति माक्र्स र ऐङगेल्सको वैज्ञानिक दृष्टिकोणको समष्टिरुप नै माक्र्सवाद हो । जो विश्वका सबै देशका मजदुरहरु आन्दोलनको सैद्धान्तिक आधार र कार्यक्रम बनेको छ ।

यो सर्वहारा श्रमजीवि वर्गको मूक्तिको सिद्धान्त र मानविय विज्ञान पनि हो । यसलाई जीवन र जगतको अध्ययन गर्ने एक पद्धतीका रुपमा लिने गरिएको छ । माक्र्सवादको विचार र सिद्धान्तले संसार लाई यर्थाथ रुपमा वुझ्ने र वुझाउने र संसार परिवर्तन गर्ने तरिकाहरुको वोध गराउछ । माक्र्सवादका मुल तत्वहरु तिन प्रकारका रहेका छन

१) द्धन्दात्मक भौतिकवाद ः माक्र्स र ऐङगेल्सको दृष्टिकोणमा हेगेलको द्धन्द्धवाद जर्मनशास्त्रीय दर्शनको सवभन्दा महत्वपूर्ण देन रहेको थियो । विकास सम्बन्धी अन्य सबै सिद्धान्तहरुलाई उहांहरु एकोहोरो र खोक्रो मान्नुहून्थ्यो । प्रकृती नै द्धन्द्धवादको कसौटी हो । आविष्कारहरुले पनि प्रकृतीका समस्त प्रक्रियाहरु अधिभूतवादी नभई द्घन्द्घवादी छन् भन्ने कूरा प्रमाणित गरेका छन् ।

2 ) राजनीतिक अर्थशास्त्र ःमाक्र्सले आफ्नो चर्चित पुजी को भुमिकामा माक्र्सले वर्तमान समाज अर्थात पुंजीवादी बूर्जूवा समाजको संचालनको आर्थिक नियमको प्रतिपादन गर्नू भएको थियो । समाजको उत्पती, विकास र ह्रासको प्रकृयाको सन्दर्भमा उत्पादन सम्बन्धहरुको अनुसन्धान नै माक्र्सको राजनीतिक अर्थशास्त्रको सार हो ।

3) वैज्ञानीक समाजवाद ःमाक्र्सको वैज्ञानिक समाजवादी सिद्धान्त विद्यमान समाजको समाजवादी रुपान्तरण को अनिवार्यता र त्यसलाई हासिल गर्ने तरिका र उपायसम्बन्धी निर्देशक सिद्धान्त हो । अर्थात मानिसद्धारा मानिसमा गरिने शोषणमा आधारित समाजको लासमा शोषणरहित,वर्गविहिन समाजको निर्माण र पूरानो संसारलाई ध्वस्त गरेर नया संसार अथवा कम्यूनिष्ट संसार निर्माण गर्न व्यवहारीक राजनीतिक तथा संगठनिक सवाल संग सम्बन्धित छ ।
जयबहादुर विटालु (विजय)
छेडागाड नगरपालिका वडा नः.११ जाजरकोट




सम्बन्धित समाचार


error: Content is protected !!