जाजरकोटमा भेटियोे लोभीपापी

जाजरकोट ः विश्वमा लोपोन्मुख अवस्थामा रहेको लोभीपापी जाजरकोट सदरमुकाम नजिकै फेला परेको छ । भेरी नगरपालिका -१ धल्दा भेरीको किनारमा गुढ बनाएर बच्चा कोरलेको लोभीपापी यो वर्ष ११ वटाको संख्यमा फेला परेको बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत , नेपाल पंक्षि संरक्षण संघका अाजिवन सदस्य गोविन्द सिंहले जानकारी दिनुभयो ।


धल्दा , कालेगाउँ नजिकै नदीको किनारमा वथानमा खेल्दै गरेको अवस्थामा आफूले लोभीपापी गरुढ भेटाएको अधिकृत सिंहले जानकारी दिनुभयो । यस अघि सुर्खेतमा पनि १० वटा लोभीपापी गरुढ भेटिएका थिए । जैविक विविधता राम्रो भएको जाजरकोटमा विश्वमा दुर्लभ जनावर रेडपान्डा, दुर्लभ पंक्षीहरु चिर कालीज, सुन गिद्ध, सेतो गिद्धको वास रहेको पाइएको सिंहले बताउनुभयो ।


जिल्लाको वारेकोट गाउँपालिका, कुशे गाउँपालिका, भेरी नगरपालिका, नलगाड नगरपालिका, विश्वमै दुर्लभ जनावर तथा पंक्षीहरुको बासस्थान भए पनि यहाँको जंगल क्षेत्र मासिदै गएको उहाँको भनाई छ ।

२०७० साल देखि पंछि तथा बन्यजन्तुको एकल संरक्षण अभियानमा जुटेका सिंहले १२ जन्यजन्तु , पंक्षि २७ र गिद्द ६ को उद्धार गरि व्यक्तिगत खर्चमा उपचार गरेर जंगलमै लिएर छोडिसक्नु भएको छ ।





error: Content is protected !!