पहिरोले पाल्पा बुटवल सडक अबरुद्ध

सुशीला रेग्मी

रामपुर (पाल्पा), ३० साउन ः सिद्धार्थ राजमार्ग अन्र्तगत पाल्पा बुटवल सडकखण्ड पुनः अबरुद्ध बनेको छ । शुक्रवार बिहान तिनाउ गाउँपालिका वडा नं ५ स्थित कालिमाटीमा पहिरो झरेर सडक अबरुद्ध भएको हो ।

बिहान ५ वजेर ५५ मिनेट जादा माथिबाट खसेको पहिरोले सडक अबरुद्ध हुन पुगेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पहिरो हटाउनका लागि सडक डिभिजन कार्यालय पाल्पासंग समन्वय भइरहेको छ ।

बिहीवार बिहान तिनाउँ गाउँपालिका ५ स्थित जोरधारा नजिकै ढुङ्गा सहितको पहिरो झरी अबरुद्ध बनेको सडक पहिरो हटाइएपछि बिहान ९ वजेदेखि दुईतर्फी रुपमा संचालनमा आएको सडक आज बिहान पुनः पहिरो खसेर अबरुद्ध हुन पुगेको छ ।

यस सडक अन्र्तगत विभिन्न ठाउँ ठाउँमा पहिरो खसिरहेकाले यात्रुले निकै सास्ती भोग्नु परेको छ । क्षणमै सडक खुल्ने र क्षणमै बन्द हुने भएकाले सवारी आवतजावतमा समस्या परिरहेको छ ।





error: Content is protected !!