पाल्पा बुटवल सडक दुईतर्फी सुचारु

सुशीला रेग्मी
रामपुर (पाल्पा), २९ साउन ः पहिरोले अबरुद्ध बनेको पाल्पा बुटवल सडक अहिले दुईतर्फी रुपमा संचालनमा आएको छ । बिहीवार बिहान तिनाउँ गाउँपालिका ५ स्थित जोरधारा नजिकै ढुङ्गा सहितको पहिरो झरी सडक अबरुद्ध बनेको थियो ।
पहिरो हटाइएपछि बिहान ९ वजेदेखि सडक दुईतर्फी रुपमा संचालनमा आएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । ढुङ्गा सहित लेदो खसेर अबरुद्ध बनेको सडक संचालनमा आएपछि बीच बाटोमै रोकिएका सवारी साधन अहिले रोकिएका आफ्नो गन्तव्यतर्फ लागेको प्रहरीले बताएको छ ।
यस सडकखण्डमा क्षणमै सडक अबरुद्ध हुने र क्षणमै सुचारु हुने हुँदा कष्टसंग यात्रा गर्नुपर्ने बाध्यता छ । सडक माथिबाट ठुला ठुला चट्टान सहितको पहिरो झरेर सडक बन्द हुने गरेको छ ।










