सुन्तलाको पकेट क्षेत्रमा कालिज पालन

नन्दा शाही
जाजरकोट , सुन्तलाको पकेट क्षेत्रमा रुपमा रहेको कुशे गाउँपालिका –५ दम्दालामा कालिज पालन सुरु गरिएको छ ।
पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटको रु १० लाख अनुदान दिएपछि स्थानीय शिवबहादुर मल्लले कालिज पालन गर्नुभएको हो । कुशे एग्रे फरेस्टी प्रालिको नामबाट पहिरो चरणमा २५० वटा कालिज पालन गरेर व्यवसायिक अभ्यास गरिएको मल्लले जानकारी दिनुभयो ।
पर्यटकीय सम्भावना बोकेको दम्दालामा कालिज पालन सुरु गरेसँगै अन्य कृषिजन्य वस्तुको उत्पादनका लागि पहलकदमी सुरु भएको छ । यो वर्ष कालिज पालनको अवस्था हेरेर अर्को वर्ष पनि सहयोग हुँन सक्ने कार्यालयका प्रमुख जरबहादुर भक्रीले बताउनुभयो ।
आलु र सुन्तलाको पकेट क्षेत्र रहेको दम्दालामा कालिज पालनले थप आर्यआर्जन हुँने विश्वास लिईएको छ । त्यस्तै डोल्पाको सदरमुकाम दुनैमा पशु अस्पताल तथा पशु सेवा कार्यालयको सहयोगमा नन्दलक्ष्मी थापाले कालिज पालन सुरु गनुभएको छ । ८९ वटा कालिज पालन गरेको थापाको भनाई छ ।
यो पटक ८९ वटा कालिज, १५० वटा बटइ र १६ वटा लौकाटको पहिरो चरणमा व्यवसायिक रुपमा पालन सुरु गरिएको उहाँको भनाई छ ।










