दश घर क्षती , पैतीस घर विस्थापित

नन्दा शाही
जाजरकोट , ६ साउन ः नलगाड नगरपालिका –५ कालीमटीमा पहिरो जाँदा व्यापक क्षती भएको छ ।  गएराती नलगाड जलविद्युत आयोजनाको पहुँच मार्ग निर्माण गरेको सडकबाट पहिरो आउदा कालीमटी बजारमा रहेका दश घरमा क्षती भएको छ ।

पहिरोले पैतीस घर विस्थापित भएको वडाध्यक्ष केशवप्रसाद शर्माले जानकारी दिनुभयो । सडक खनेका भाग भन्दा माथी बाट पहिरो आउदा वजारमा रहेका घरमा क्षती भएको छ ।

नलगाड नदीको किनारमा रहेको कालीमटी बजार वर्षेनी जोखिम मोल्दै आएको छ । अहिले पहिरो हटाउने काम भएको नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिनुभयो ।





error: Content is protected !!