प्रेरक प्रसंग ः दुस्मनलाई सेवा

कुनै वेला अमेरिकामा दासदासी राख्न पाउने चलन थियो । त्यहाँका धनीमानीले बजारबाट दासदासी किनेर राख्थे । त्यसै समयमा एकजना धनी मानिसले बेन्कर नामको एक अत्यन्त मिहिनेती दास किनेर घरमा ल्याए । बेन्कर निकै परिश्रमी थिए । उनी काममा कहिल्यै ढिलासुस्ती गर्दैनथे । मालिकको सेवा गर्नुलाई आफ्नो धर्म मान्थे । त्यसैले उनका यस्ता गुणबाट मालिक पनि सन्तुष्ट थिए । एक दिन बेन्कर आफ्नो मालिकसँगै त्यो स्थानमा गए, जहाँ गरिब मानिस जनावरसरी दासका रूपमा बिक्थे । त्यहाँ दासदासी खरिद–बिक्री गर्ने हाटबजार नै लाग्थ्यो । त्यहाँ पुगेपछि बेन्करले एउटा बूढो दासलाई देखाउँदै तिनलाई किन्न आफ्ना मालिकलाई अनुरोध गरे । उनको कामबाट अत्यन्तै प्रभावित मालिकले सो आग्रह टार्न नसकी दास किनेर घर लगे ।

त्यो बूढो दास पाएपछि बेन्कर पनि अत्यन्तै प्रसन्न भए । उनी ती बूढा दासको मन लगाएर सेवा गर्थे । उनका हरेक क्रियाकलापमा चासो दिइरहेका मालिकलाई उनको व्यवहार देख्दा निकै अचम्म लाग्यो । एक दिन यसबारे मालिकले बेन्करलाई सोधे, ‘होइन बेन्कर, तिमीले ती बूढा दासको सेवा मालिकलाई जस्तै गरी गर्नुका पछाडि के कारण छ रु कतै ती दास तिम्रा आफन्त त होइनन् रु’ मालिकको प्रश्न सुनेपछि बेन्करले जवाफ दिए, ‘यी बूढा दास मेरा कुनै नातेदार होइनन्, न त कुनै साथी नै हुन् । बरु यिनी मेरा सबैभन्दा ठूला शत्रु हुन् । बाल्यकालमा यिनैले मलाई दासका रूपमा बेचेका थिए ।

पछि आफैँ समातिए र दास बनाइए । मैले उनलाई एक दिन बजार जाँदा चिनेको थिएँ । मेरी आमाले मलाई भन्नुभएको थियो, यदि शत्रु नांगो छ भने उसलाई लुगा देऊ, भोको छ भने खाना खुवाऊ, प्यासी छ भने पानी पिलाऊ । यसैकारण म उनको सेवा गर्दै छु । म आफ्नी आमाले दिएको शिक्षा र मार्गदर्शनमा अघि बढिरहेको छु हजुर ।’ बेन्करको यस्तो जवाफ सुनेपछि ती मालिकले बेन्करलाई अँगालो हाले र तत्काल उनलाई स्वतन्त्र गरिदिए ।





error: Content is protected !!