‘बोक्सी सिसी’ भेटियो

न्यु ओर्लियन्स,(एजेन्सी)अमेरिकाको न्यु ओर्लियन्स निवासी ५२ वर्षिय सेन मियर्स पेशाले बारटेन्डर हुन् । तर फुसर्तको समयमा पुरातात्विक वस्तुहरुको उत्खनन गर्ने उनको शौख हो । कुनै नयाँ र रोचक वस्तु भेटिने उत्सुकता र रहरमा उनी जमिन खन्दै हिंड्ने गर्दछन् ।

हालै मिसिसिपी नदीको पश्चिम किनारा स्थित अलिजयर्स प्वाइन्टमा उत्खनन गर्ने क्रममा भेटिएको एउटा धेरै पुरानो सिसीको तस्वीर उनले आफ्नो फेसबुकमा अपलोड गरेका छन् । ‘ बोक्सी सिसी ’ नाम दिइएको त्यस भित्र एउटा दाँत , मानव केश , सुकेको फटेंग्रा र केहि पिसाव राखिएको छ ।

मियर्सले अठारौ शताब्दिको मध्य तिर सो सिसी भेटिएको स्थानमा एउटा घर रहेको र भूत प्रेतबाट घर जोगाउन त्यसलाई त्यहाँ गाडिएको हुनुपर्ने बताएका छन् । फेसबुकमा यस सिसीलाई लिएर मानिसहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । केहिले त कालो इतिहास बोकेको यो सिसीलाई भेटिएकै स्थानमा पुन गाड्न पनि मियर्सलाई सल्लाह दिएका छन् ।





error: Content is protected !!