डोल्पामा पहिलो पटक कालिज पालन सुरु

डोल्पा ः डोल्पाको सदरमुकाम दुनैका एक कृषकले कालिज पालन सुरु गरेका छन् । पशु अस्पताल तथा पशु सेवा कार्यालय डोल्पाको आर्थिक तथा प्राविधिक सहयोगमा नन्दलक्ष्मी थापाले कालिज पालन सुरु गर्नु भएको हो ।
पहिलो चरणमा सुर्खेत नेपालगञ्जबाट ८९ वटा कालिज ल्याई पालन सुरु गरेको र यसलाई अनुभव गर्दै कालिज पालन व्यवसायलाई विस्तार गर्दै धेरै प्रजातिका पंछीहरु पालन गर्ने योजना रहेको व्यवसायीको भनाई रहेको छ ।
यो पटक ८९ वटा कालिज, १५० वटा बटइ र १६ वटा लौकाट किनेर ल्याई पालन सुरु गरिएको हो । यी पंछीहरु खरिद गर्दा कालिज १ सय २५ वटा, बटई २ सय वटा खरिद गरेको र यातायातको समस्याका कारण नेपालगञ्ज विमानस्थलमा ५ दिन जति राख्दा गर्मीले मरेर समस्या भएको कृषकले बताएका छन् । नेपालगञ्जमा एसी रुममा राख्दा पनि कालिज र बटई मरेको कृषक दलबहादुर थापाले जानकारी दिनु भयो ।
संघीयता लागु भए देखि नेपालमा कृषि व्यवसायलाई निकै सहुलियत प्रदान गर्दै कृषी व्यवसायलाई प्रवर्धन गरी स्वदेशमै स्वरोजगार सिर्जना गरेर आर्थिक उपार्जन गर्नुका साथै विदेश जाने क्रम घटाउने लक्ष्यका साथ यसरी संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले कृषि व्यवसायलाई सहयोग पर्दै आएका छन् ।
यसरी नै डोल्पाका विभिन्न क्षेत्रमा पशुपंछी पालन, फलफूल खेति, तरकारी खेति, रैथाने बाली संरक्षण, अर्गानिक उत्पादनमा प्रोत्साहन हुने प्रकारका कार्यक्रमहरु भैरहेका छन् । यी कार्यक्रमले डोल्पाका धेरै कृषहरु लाभान्वित भएको पशु अस्पताल तथा पशु सेवा कार्यालय डोल्पाका प्रमुख चन्द्रलाल धरालाले बताउनु भयो । काम गर्नेलाई २ वर्ष एता नेपाल सरकारले अनुदानको व्यवस्था गरेर पशुपंछी पालन, कृषि व्यवसाय सबैमा प्रोत्साहन गरेको छ । यसबाट कृषकहरु धेरै लाभान्वित भएको कृषि विकास कार्यालय डोल्पाले जनाएको छ ।










