प्रदेशसभा सदस्य सिंहको पहलमा बारेकोटमा राहत

जाजरकोट ,  गत शुक्रबार पहिरोका कारण विस्थापित भएका परिवारलाई आवश्यक सामग्री लिएर प्रदेशसभा सदस्य गणेसप्रसाद सिंह बारेकोट पुग्नुभएको छ ।
झण्डै पाँच सय भन्दा बढी स्थानीयवासीहरु पहिरोका कारण विस्थापित भएपछि कर्णाली प्रदेशसभा सदस्य गणेसप्रसाद सिंहको पहलमा बिभिन्न सामग्री बारेकोट लिईएको हो । सवै भन्दा बढी क्षती भएको बारेकोट गाउँपालिका –४ र ५ का सर्वसाधारणलाइ यो राहत वितरण कार्य गरिएको हो ।
२०० थान त्रिपाल,२०० थान कमल,२०० थान पानी राख्ने बाल्टी,२०० थान झोला र ३०० वोरा पीडित परिवारहरूलाई चामल लिएर उपलव्ध गराएको छ । त्यस्तै नेपाल रेडक्रस सोसाईटीबाट ९५ थान त्रिपाल लिएर वितरण गरिएको छ । त्यस्तै वनमन्त्रीको पहलमा २६५ थान त्रिपाल लिएर वितरण गरिएको थियो ।





error: Content is protected !!