रामपुर नगरपालिकाको सातौँ नगरसभा सन्दर्भमा नेकपाद्धारा पत्रकार सम्मेलन

सुशीला रेग्मी
रामपुर (पाल्पा), रामपुर नगरपालिकाको सातौँ नगरसभाका सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी रामपुर नगर कमिटिले पत्रकार सम्मेलन गरेको छ । नगरपालिकाले कार्यबिधिमाथि छलफल नै गर्न नदिएर पास गरेको, नेपाल सरकारले व्यवस्था गरेको सामाजिक सुरक्षा भक्ता कटौती, संघीय र प्रदेश सरकारका योजना संचालनमा समन्वय नभएको, सडक मर्मत तथा कालोपत्रे गर्दा घर घडेरी बिक्रि गर्ने उद्धेश्यले आफू अनुकुलका नयाँ सडकमा वजेट विनियोजन गरेको लगायतका विविध विषयमा असहमती जनाउँदै बिहिवार पत्रकार मार्फत जानकारी दिइएको छ ।
नगर सभा सदस्य तथा नेकपा नगर कमिटि अध्यक्ष कमलराज भट्टराईले नगर सभामा सहभागी सदस्यले उठाएका कुराको कुनै सुनुवाई नभएको, जनप्रतिनिधिलाई वेवास्ता गरिएको, असहमतीका बाबजुद पनि नगरको नीति तथा कार्यक्रम वजेट पास भएको बताउनुभयो । सामाजिक सुरक्षा भक्ता केन्द्रले पुरै संख्यालाई पठाउँदा पनि लक्षित वर्गलाई कटौती गरेर दिइएको, राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरका सडक निर्माणका क्रममा नदीखोलामा हेभी सवारी साधन प्रयोग गरेर नदीजन्य पदार्थ उत्खनन् गरिएको तर त्यसको आम्दानी नदेखाइएको अध्यक्ष भट्टराईले पत्रकार सम्मेलनमा जानकारी गराउनुभएको छ ।
नेकपा पार्टी कार्यालय बेझाडमा भएको पत्रकार सम्मेलनमा नगरसभा सदस्य तथा संसदीय दलका नेता लिलबहादुर गाहाले स्वागत गर्दै कार्यक्रमको उद्धेश्यबारे जानकारी दिनुभएको छ । नेकपा जिल्ला कमिटि सदस्य तथा नगर कमिटि ईन्चार्ज राजुप्रसाद श्रेष्ठले प्रदेश र केन्द्रबाट आएको वजेट सदुपयोग नभएको, एकतन्त्रीय ढंगले नगरपालिका चलेको, भदौमा आएको वजेट अन्तिम समयमा आएर मात्र टेण्डर आह्वान गर्ने परिपाटी र आफू अनुकुल नभएमा बदर गर्ने जस्ता गतिबिधिप्रति असन्तुष्टि जनाउँदै आफूहरुले नगर विकास समन्वय समितिबाट राजीनामा दिएको जानकारी दिनुभएको छ । नगर सभा सदस्य मित्रलाल कंडेलले संचालन गर्नुभएको कार्यक्रम नेकपा जिल्ला कमिटि सदस्य तथा नगर कमिटि ईन्चार्ज श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो । रामपुर नगरपालिकाको सातौँ नगरसभा गत असार १० गते उद्घाटन गरी ३१ गते आर्थिक वषृ २०७७÷०७८ को नीति तथा कार्यक्रम र वजेट प्रस्तुत गरी समापन गरिएको छ ।



