भोकभोकै त्रिपाल र विद्यालयमा आधा शरीर भिज्दै पाँचसय पीडितहरु

हेमन्त केसी
जाजरकोट ,गाउँभरी पहिरो आएपछि ज्यान जोगाउन विस्थापित भएका सर्वसाधारणहरु भोकभोकै बस्न बाध्य भएको बताएका छन् ।

पाँच सय भन्दा बढी गाउँलेहरु विस्थापित भएपछि खानेकुराको अभावमा भोकभोकै बस्न बाध्य भएको बताएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको डिपोमा एक गेडो चामल नभएपछि सर्वसाधारणहरु समस्या परेका हुँन् । ठेकेदारले स्वीकृत कोटा १ हजार ५७ क्वीन्टल चामल यो आर्थिक वर्ष लागि घाट डिपोमा ढुवानी नगर्दा समस्या चुलिएको छ । सदरमुकामको गोदाममा भने भरीभराउ चामल रहेको छ । ठेकेदारलाई जतिपटक चामल लिन आग्रह गरेपनि नमानेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताउनुभयो । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुखले नै बदमासी गर्ने ठेकेदारलाई जोगाउने गरेको प्रजिअ पन्तको भनाई छ । बारेकोटमा नयाँ ठाउँमा खाद्य डिपो स्वीकृत भएर आयो तर चामल आएन जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावलले बताउनुभयो ।

एक महिना देखि रित्तो रहेको डिपोमा चामल लिन आएपनि सर्वसाधारणहरु रित्तो हात फर्केका छन् । विद्यालय तथा पालमा हालेर खुल्ला चौरमा ज्यान जोगाउन बसेको सर्वसाधारणहरुले आफन्त जोगाउनुको पीडाका साथै खानेकुराको अभावमा समस्या भएको बारेकोट गाउँपालिका ५ का मोहनजंग शाहीले जानकारी दिनुभयो ।


पहिरो गएको चार दिन पछि राहत लिने छलफल

पहिरो गएको चार दिन सम्मा वनमन्त्री शक्तिबहादुर बस्नेतले हेलिकोप्टरमा लिएको २ हजार ३ सय किलो राहत बाहेक अन्य कसैले पनि राहत वितरण नगरेको सर्वसाधारणहरुको गुनासो छ । मन्त्री बस्नेतको पहलमा सो उपलव्ध भएको राहतले केही समस्या टारेको छ ।

चार दिन पछि सदमुकाम खलंगामा विपत व्यवस्थापन समितिको बैठक वसी राहत सामग्री लिने विषयमा छलफल भएको छ । गाउँ , गाउँमा सर्वसाधारणहरु बाँच्नका लागि जंगलमा पाल टाँगेर आधा शरिर भिजेर बसीरहेका बेला सदरमुकाममा भने बल्ल चार दिन पछि सामान्य छलफल सुरु भएको हो ।

बारेकोट ४ सार्कीटोलमा खानेपानी देखि ओतीने त्रिपाल सम्मा नहुँदा एउटै पालमा १५ जना भन्दा बढी बस्नु परेको स्थानीय कालीबहादुर सार्कीले बताउनुभयो । प्रदेश सरकारले राहतको लागि कुनै पनि पहल नगरेको बारेकोट गाउँपालिकाले जनाएको छ । तीन तहका सरकारले पाँच सय नागरिकलाई ओतलाग्ने सम्माको व्यवस्थापन गर्न नसक्नु दुभाग्य भएको बताएको छ ।
विद्यालयको भुई कोठामा मानिसहरु खादिएर बस्दा विरामी समेत पर्न थालेको रमित सार्कीले बताए ।

गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाह देखि वडा अध्यक्ष सम्मा विस्थापित भएका छन् । बाटो भत्किएका कारण राहत सामग्री लिन मुस्किल भएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताउनुभयो । कुन ठाउँमा के भएको छ भन्ने थाहा नहुँने अवस्था सिर्जना भएका कारण जिल्लाका मुख्य ठाउँमा सूचना केन्द्र स्थापना गर्नका लागि पहल सुरु भएको छ । यसै बीच जिल्ला प्रशासन कार्यालय विपतबाट जोगिनका लागि जम्मा गरेका उ  द्धार सामग्रीको उद्घाटन गरिएको छ ।

घरमा भएको अन्न समेत खाना पाईएन

खोलाहरुमा भएको पानी घट्टहरु सवै बग्दा घरमा भएको अन्न समेत पिसेर खाना नपाएको सर्वसाधारणहरुले गुनासो गरेका छन् । डिपोमा चामल छैन , एक गाउँबाट अर्को गाउँमा जान सक्ने अवस्था पनि छैन कसरी बाँच्नु बारेकोट ५ का ६१ बर्षीय जनक शाहीले भन्नुभयो ।

यत्ता जिल्ला विपत व्यवस्थापन समितिको वैठकले नेपाल हेडक्रस सोर्साईटीबाट प्राप्त ९० थान त्रिपाल भेरी नगरपालिकाले ढुवानी भाडा वेहोर्नेगरी मंगलबार पठाउने तयारी भएको प्रजिअ पन्तले बताउनुभयो । खाद्यान्न पठाउनका लागि कुनै पहल समेत भएको छैन । बारेकोट बर्षेनी यही समयमा खाद्यान्न अभाव हुँने ठाउँ हो । बारेकोट ४ मा १ जना र वडा नं ६ मा २ वेपताहरु अझै फर्केका छैनन् । सेना र सशस्त्र प्रहरी उद्धार कार्य स्थानीय प्रहरीलाई जिम्मा दिदै आज सदरमुकाम फर्कीएको छ ।





error: Content is protected !!