भर्जिन छ ! डोल्पाको छार्का गाउँ


–के.बि.मसाल
नेपालको हिमाली जिल्ला जस्ले घुमफिर गर्दछ । उसले भर्जिन भूमीको अवलोकन मात्र होइन घुमफिरको अनुभव र अनुभुती छुट्टै हुन्छ । नयाँ ठाउँमा जाँदा, नयाँ विषय सिक्दा, नयाँ अनुभूति हुँदा मानिस उत्साहित र खुशी हुन्छ । मानिसहरु खुशी हुनको लागि पर्यटक भएर घुमफिर गर्दछन् । मानिस स्वभाव अनुसार खुशी र आनन्द प्राप्त गर्ने विधि फरक हुन सक्दछ । तर प्रकृतिसंग रमाउने मन सबैको हुन्छ । त्यसमा पनि भर्जिन भूमीमा घुमफिर गर्न पाउदा को नरमाउला र ? माथिल्लो डोल्पाको छार्का गाउँ पर्यटकहरुलाई भरपूर्ण आनन्द दिने ठाउ हो ।
कर्णाली प्रदेशको डोल्पा भौगोलिक विकटता भएपनि सांस्कृतिक विविधता, प्राकृतिक सुन्दरता, पर्यटनको प्रचुरता र जैविक विविधताले सजिएको भूगोल हो । डोल्पामा फोक्सुण्डो ताल, फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, सुलिगाड झरना, विश्वको सर्वाधिक उचाईमा रहेको मानब बस्ती छार्का भोट, दुर्लभ काईके भाषा मात्र होइन माथिल्लो डोल्पामा पर्यटकहरुका लागि पद यात्रामा रमाउने अनेकौ स्थलहरु छन् । शे–फोक्सुण्डो सफा, शान्त र निर्मल पानी, कान्जिरोवा हिमालको काखैमा रहेको छे । झट्ट हेर्दा कहिले गाढा निलो त कहिले फिक्का र हरियो देखिने शे–फोक्सुण्डो तालको पानीले पर्यटक रमाउछन । शे–फोक्सुण्डो ताल केहि वर्ष यता आएर पर्यटकको गन्तब्य बनेको छ । शे–फोक्सुण्डो ताल नेपालको सबै भन्दा गहिरो ताल मानीन्छ । यस तालबाट निस्कने पानीको झर्नालाई सुलिगाड झर्ना भनिन्छ । जुन झर्नाले शे–फोक्शुण्डो तालमा पुग्ने पर्यटकहरुलाई थप रमणिय बनाई दिएको छ ।
शे–फोक्सुण्डो ताल नजिक रहेको रीन्मो गाउँमा पर्यटकहरुको लागि बनाइएको केही होटल र निकुञ्ज रक्षाका लागि रहेको सेनाको व्यारेक बाहेक अन्य कतै बस्ती छैन । शे–फोक्सुण्डो तालको यात्रा पछी माथील्लो डोल्पा यात्रा गर्दा ५ हजार ५ सय मिटर उचाई भएका ४ वटा पहाड पार गर्नुपर्दछ । कतिपय पर्यटकहरुलाई अक्सीजनको कमी भै स्वास प्रश्वास क्रियामा समेत अबरोध हुन सक्छ । त्यसैले पदयात्रा गर्दा औषधी समेत लैँजादा राम्रो हुन्छ । माथील्लो डोल्पामा बिश्वकै बढि हिम चीतुवा पाइने स्थान हो । पैदल यात्रा गर्दा बाटोमा थुपै्र जंगली जनावरहरु भेटिन्छन । यात्रामा जादाँ सकभर समुह भएर जादाँ राम्रो मानीन्छ ।
माथिल्लो डोल्पाका तीन गाउँपालि पर्यटकहरुका लागि भर्जिन मानिन्छ । डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका, बुद्धडोल्पो गाउँपालिका र छार्का ताङसोङ गाउँपालिका प्रकृतिसंग रमाउने पर्यटकहरुका लागि भर्जिन मात्र होइन भू–स्वर्गनै मानिन्छ । माथिल्लो डोल्पा जती सुन्दर छ तर त्यहा पुग्न भने कठिन छ । पुगि सकेपछि पर्यटकहरुले माथिल्लो डोल्पालाई धर्तीको स्वर्गको उपनाम दिने गरेका छन् । मानिसले काल्पनिक रुपमा भनिँदै आएको स्वर्गमा पुग्न कठिन छ । तर भौतिक रुपमा जेले आनन्द दिन्छ त्यसलाई नै वास्तविक स्वर्गको अनुभूती लिन सकिन्छ । यस्तै आनन्दित बनाउने ठाउँ हो–माथिल्लो डोल्पा ।
माथिल्लो डोल्पामा तिब्बती संस्कृति रहेको छ । जनश्रुती अनुसार गुरु रिम्पोछेले डोल्पामा बुद्धमार्गीको पवित्र धार्मीक स्थलका रुपमा सिर्जना गरेका थिए । तिब्बतसंग जोडिएको क्षेत्र भएकोले माथिल्लो डोल्पाका अधिकांश मानिसहरु बौद्धधर्म मान्दछन । माथिल्लो डोल्पामा साल्दाङ, मिजेर, तिन्जे, मुकोट, छार्का र धो नामका गाउँहरु रहेका छन । समुन्द्रको सतह बाट करिव पाचँ हजार मिटरको उचाईमा रहेको छार्का गाउँ विश्वकै अग्लो स्थानको मानवबस्ती मानिएको छ । माथिल्लो डोल्पाको साल्दाङमा रहेको यात्सेर गुम्वा नेपालको पुरानो सास्कृतिक धरोहरको प्रतिक हो । कलाकौशलको अनुपम सृजनाले भरिपूर्ण यात्सेर गुम्वाको निर्माणशैली मौलीक र विशिष्ट प्रकारको मानिन्छ । पुरातात्विक र ऐतिहासिक महत्वको यो गुम्वा ८ सय बर्ष अघि बौद्ध धर्मगुरु छोग्याल पासाङगले निर्माण गराएका थिए । गुम्वा भित्र सातसय बर्षभन्दा पुराना भित्तेचित्र र मूर्तीहरु राखिएका छन । जसले गर्दा त्यहा पुग्ने पर्यटकहरुलाई अध्यन गर्न सजिलो भएको छ ।
प्राकृतिक सुन्दरताको हिसाबले रमणीय गन्तब्य हो माथिल्लो डोल्पाको भूगोल । तर अहिले सम्म सडक यातायात नभएकोले पर्यटकहरुलाई पैदल यात्रा गर्दा कठीन भने हुन्छ । डोल्पाको सदरमुकाम दुनै राष्ट्रिय सडक सञ्जालमा जोडिएको एक वर्ष मात्रै भएको छ । तर पनि भेरी र अन्य दर्जनौ स्थानमा पुल निर्माण हुन नसक्दा गाडी फेर्दै कठिन यात्रा गर्नु पर्दछ भने माथिल्लो डोल्पावासीका लागि सडक सपना बनेको छ । तर, माथिल्लो डोल्पाको आनन्द त्यहाँ पुगेपछि मात्र थाहा पाउन सकिन्छ । जसको अनुभूती पर्यटकले गरेरै सक्दैनन् । माथिल्लो डोल्पा घुमफिर गर्न जाने पर्यटकहरुका लागि जैबिक बिबीधता, प्राकृतिक सौन्दर्यता, हिमाली ताल तलैया बौद्ध मार्गीहरुको गुम्बानै पर्यटकहरुको लागि आकर्षकको केन्द्र बिन्दु हो । माथिल्लो डोल्पा पुगिसके पछि सुन्दर एवं मनमोहक हिमाली गाउँ र विभिन्न जनजातीहरुको सस्कृतिले पनि पर्यटकहरुलाई थप अध्यनको स्रोत बन्दछ । डोल्पा पुगेपछि विश्वको सातौ अग्लो चुचुरो धौलागिरी, सिस्ने हिमाल, अपी हिमाल, सैपाल हिमाल, कान्दे हिमचुली र तिब्वतको पहाडी दृष्य पनि अवलोकन गर्न सकिन्छ ।
घुमफिरको समय बढाउन सके पर्यटकहरुले अध्यनको लागि काइके भाषा, भर्जिन स्वच्छ से–फोक्सुन्डो ताल र फोक्सुन्डो फल्स, भोट क्षेत्रमा तिब्बती संस्कृति मगर संस्कृति अर्थात तराली संस्कृति, संसारको सबै भन्दा उच्च मानव बस्ती धो, चर्का, बहुपती प्रथा,चाँदीझै चम्किरहेका हिम पहाडहरु, तिब्बती चिकित्सा प्रणाली अम्ची, बौद्ध धर्म र बोन धर्म गुम्बा छायाडुल गोम्पा अर्थात छायाडुल, तानसा गोम्पा गुम्बातारा, तार्ची पाल्दी अर्थात ताछिन गाउँ, फिक्का गाउँ, गोम्पा छार्का गाउँ, सिपच्योक गोम्पा धो गाउँ, गोम्पा अर्थात भिजर गाउँ, नामगोंग गोम्पा साल्दाबलनग गाउँ, यांग्जेर गोम्पा कोमाश गाउँ, गोम्पा रिग्मी गाउँ यी बाहेक छार्का ताङसोङ गाउँपालिकाको सम्पुर्ण क्षेत्र पर्यटकहरुले घुमफिर गर्न सक्दछन् । यी सबै गाउँ ठाउहरु नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्य मानिन्छ ।
माथिल्लो डोल्पामा पद यात्राको लागि तल्लो डोल्पा अर्थात फोक्सुण्डो ताल पदयात्रा, माथिल्लो डोल्पाको शे–गुम्बा र विश्वकै उच्च स्थानमा रहेको मानव बस्ती छार्का र डोल्पा–मुस्ताङ पदयात्रा समेत गर्न सकिने तीन वटा पदमार्ग छन् । डोल्पाबाट काञ्जीरोवा, पुथा, धौलागिरि दोस्रो लगायतका हिमाल पनि अवलोकन गर्न सकिन्छ । प्राकृतिक सौन्दर्यसँगै कला र संस्कृतिका हिसाबले पनि पर्यटकहरुका लागि माथिल्लो डोल्पा रमणिय छ । माथिल्लो डोल्पामा सयौं वर्ष पुराना गुम्बाहरु छन् । नेपालमा डोल्पा बौद्ध गुम्बा धेरै भएको जिल्लामा पर्दछ । डोल्पामा बौद्धदर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिमा एक सय ७ वटा गुम्बा दर्ता भएका छन् ।
माथिल्लो डोल्पा पुगेपछि पर्यटकहरु दगं पर्दछन् । पर्यटकहरुले माथिल्लो डोल्पामा हिमालको विचित्रको विशेषता अवलोकन गर्न पाउछन् । पर्यटकले बिहानी पख हिमाली श्रृंखला अवलोकन गर्दा सुनको रगंमा हिमाल टल्किन्छ । त्यो बेलाको हिमालको दृश्य शायदै संसारमा अरु कुनै हुन्न होला । विहान सुनको हुनु, दिउँसो चाँदीको हुनु र सूर्यास्तका बेलामा तामाको हुनु हिमालहरुको विशेषता भएको पाइन्छ । हिमाली क्षेत्र विहान पुरै सुन हुन्छ । तर त्यो दृ(ष्य हेर्नको लागि पर्यटकहरु विहानै उठनु पर्दछ । हिमालको यस्ता दृश्यहरु दुर्लभ हुन्छन् र ढिलो उठनेहरुले यस्ता दृष्य देख्न पाउँदैनन् । बेस क्याम्पमा पाल टाँगेर सुतेका बेला मध्यरातमा तोप पडकाएको वा गोलाबारीको जस्तो ठूलो आवाज सुन्न पाइन्छ । तर यो विष्फोट र गोलाबारीको आवाज कुनै विद्रोहीले निकालेको आवाज भने होइन । हिउँको पहिरो जाँदा हिमालको माथिल्लो भागबाट हिउँको ठूलो ढिस्को खस्छ र ठूलो आवाज र धुँवाको मुस्लो निकाल्दै तल झर्छ । त्यो बेला यस्तो आवाज सुनिन्छ । नयाँ पर्यटकहरुका लागि यो आश्चर्यको कुरा पनि हुन सक्छ ।

छार्कामा ७० देखि ८० घर परिवार बसोवास गर्दछन । छार्कामा याकचौरी र भेडाच्याङग्रा नपालेको घरै हुदैन । छार्का बासीको मुख्य आम्दानी स्रोत भनेकै पशुपालन हो । किनकी यहाँ उब्जिएको अन्नले ४ महिना पनि पुग्दैन । छार्का भौगोलिक हिसाबले मात्र विकट हो प्रकृतिको धनि छ । छार्कामा पुगेपछि पर्यटकहरु त्यहाको प्रकृति र सस्कृति संग रमाउछन् । माथिल्लो डोल्पाका केही गाउँपालिकामा बहुपति प्रथा तथा अर्थात पाण्डु प्रथा अझै कायमै छ । बहुपति प्रथाको बारेमा धेरै पर्यटकहरु अध्यन गर्दछन् । तिब्बती संस्कारका रुपमा रहेको माथिल्लो डोल्पाका विभिन्न वस्तीहरुमा अझै पनि बहुपति प्रथा कायम रहेको छ ।

क्षेत्रफलको हिसावले नेपालको सबैभन्दा ठूलो जिल्ला डोल्पाको स्थानीय नाम त्होल्भोबाट अपभ्रंश भै डोल्पो हुँदै डोल्पा भएको हो । छार्कामा ७० देखि ८० घर परिवार बसोवास गर्दछन । छार्कामा याकचौरी र भेडाच्याङग्रा नपालेको घरै हुदैन । छार्का बासीको मुख्य आम्दानी स्रोत भनेकै पशुपालन हो । किनकी यहाँ उब्जिएको अन्नले ४ महिना पनि पुग्दैन । छार्का भौगोलिक हिसाबले मात्र विकट हो प्रकृतिको धनि छ । छार्कामा पुगेपछि पर्यटकहरु त्यहाको प्रकृति र सस्कृति संग रमाउछन् । माथिल्लो डोल्पाका केही गाउँपालिकामा बहुपति प्रथा तथा अर्थात पाण्डु प्रथा अझै कायमै छ । बहुपति प्रथाको बारेमा धेरै पर्यटकहरु अध्यन गर्दछन् । तिब्बती संस्कारका रुपमा रहेको माथिल्लो डोल्पाका विभिन्न वस्तीहरुमा अझै पनि बहुपति प्रथा कायम रहेको छ ।
माथिल्लो डोल्पाको डोल्पो बुद्ध गाउँपालिका, शे फोक्सुण्डो गाउँपालिका र छार्कातांसोङ गाउँपालिकाका केही परिवारहरु अझै यो बहुपति प्रथामै रहेको छ । बहुपति प्रथामा रहेका सबै भाइ सँगै हुँदैनन् । सबै भाइ सँगै भइहाले पनि महिलाले विवेक पु¥याउने र न्याय पूर्ण तरिकाले परिवार सञ्चालन गर्ने गर्छन । माथिल्लो डोल्पाको भिजेर, तिन्जे, ढाडगाउँ, मुकोट, छार्का, धो, तिलिङ, कोमास, सिमेन आदि गाउँमा बहुपति प्रथा छ । यो कुप्रथा हो तर दाजुभाईमा आपसमा समर्पण पनि दर्साउँछ । मेरी श्रीमती, मेरो सन्तान नभनेर व्यक्तिगत स्वार्थ विपरीत हाम्रा सन्तान, हाम्रा बाबुहरु हाम्रो परिवार, हाम्री श्रीमतीजस्ता सामूहिक भावना बहुपति परम्परामा लुकेको पाइन्छ ।
बहुपति प्रथा भनेको पाँच पाण्डवकी एउटी श्रीमती भए जस्तै घरमा जेठो दाजुले विवाह गरी ल्याएपछि सबै भाईहरुले तिनै दाजुको श्रीमतीलाई आफ्नी श्रीमती मान्ने प्रथा हो । बहुपति प्रथामा महिलाले नै श्रीमानहरुलाई कामको बाँडफाँड गर्छन् । कामको बाँडफाँड अनुसार कुन समयमा कोसँग आफू बस्ने भन्ने निर्णय पनि उनीहरु आफै गर्छन् । सन्तान जन्माए पछि कुन भाईको हो भन्ने कुरा पनि महिलाले बताउछन् । यस्तो परम्परा तोडेर जानेहरु सस्कृति र परमपरा बिरोधी मानिने र गाउँबाटै बहिष्कृत हुने हुँदा बाध्यताले पनि समुदायमा बहुपति प्रथाको चलन रहदै आएको छ । बहुपति प्रथामा सबै दाजुभाईले एउटै श्रीमती विवाह गरे पनि जेठो दाजु बाहेक अन्य भाईहरुले आफ्नो श्रीमतीलाई भाइजु भन्ने चलन छ । तर भाउजुले भने देवरहरुलाई श्रीमानकै रुपमा स्वीकार गर्नुपर्ने हुन्छ ।

माथिल्लो डोल्पा पुगेपटि धेरै पर्यटकहरु सबैभन्दा अग्लो स्थानमा रहेको मानव बस्ती धो तराप पुग्न चाहन्छन । धो तराप चार हजार मिटरभन्दा माथिको सुन्दर उपत्यकाको बस्ती हो । विकासको मुख्य पुर्वाधार मानिने सडक अझै धो तरापका बासिन्दालाई सपना बनेको छ । यहाका बासिन्दा याक, चौंरी, भेडा, घोडापालन तथा यार्चागुन्बु बिक्री गरी आवश्यक खाद्यान्नका लागि तिब्बती नाका मरिम ला र क्याटोमा जानु पर्दछ । विशाल हिमशृंखलाहरुले घेरिएको धो तराप विश्वकै पाँचौं उच्च भागको बस्ती हो । उपत्यकामा हजारौं वर्ष पुराना गुम्बा छन । शे, साम्लिङ बोन, याङजेर, झ्याम्बा गुम्बा यस क्षेत्रका पुराना गुम्बा हुन । यहा छुट्टै भेषभूषा, भाषा, कला, संस्कृति, जीवनशैली पर्यटकको लागि मुख्य आकर्षण बन्दछ । तिब्बती संस्कारबाट अघि बढिरहेको यो क्षेत्र पर्यटकको मुख्य आकर्षण हो ।

 

माथिल्लो डोल्पा पुगेपटि धेरै पर्यटकहरु सबैभन्दा अग्लो स्थानमा रहेको मानव बस्ती धो तराप पुग्न चाहन्छन । धो तराप चार हजार मिटरभन्दा माथिको सुन्दर उपत्यकाको बस्ती हो । विकासको मुख्य पुर्वाधार मानिने सडक अझै धो तरापका बासिन्दालाई सपना बनेको छ । यहाका बासिन्दा याक, चौंरी, भेडा, घोडापालन तथा यार्चागुन्बु बिक्री गरी आवश्यक खाद्यान्नका लागि तिब्बती नाका मरिम ला र क्याटोमा जानु पर्दछ । विशाल हिमशृंखलाहरुले घेरिएको धो तराप विश्वकै पाँचौं उच्च भागको बस्ती हो । उपत्यकामा हजारौं वर्ष पुराना गुम्बा छन । शे, साम्लिङ बोन, याङजेर, झ्याम्बा गुम्बा यस क्षेत्रका पुराना गुम्बा हुन । यहा छुट्टै भेषभूषा, भाषा, कला, संस्कृति, जीवनशैली पर्यटकको लागि मुख्य आकर्षण बन्दछ । तिब्बती संस्कारबाट अघि बढिरहेको यो क्षेत्र पर्यटकको मुख्य आकर्षण हो ।

 

डोल्पो बुद्ध गाउँपालिकाको सीमाबाट तिब्बतको मरिम ला जोडिन्छ भने शे–फोक्सुन्डो गाउँपालिकाको साल्दाङसँग तिब्बतको क्याटो जोडिन्छ । यी दुई नाका माथिल्लो डोल्पाका लागि खाद्यान्न र अन्य चिजबिज खरिदको लागि हुने गर्दछ । अहिले मरिम ला सम्मै मोटरसाइकलमा आउजाउ गर्न सकिन्छ । तिब्बतको नाकामा प्रत्येक वर्ष अगस्ट महिनामा १५ दिन बजार समेत लाग्दछ । अहिले शे–फोक्सुन्डो गाउँपालिकाको साल्दाङबाट धो–छार्का हुँदै मुस्ताङको जोमसोमसम्म सडक जोडन लागेको छ । अहिले पनि माथिल्लो डोल्पाबासी छार्का हुँदै मुस्ताङको कागबेनी आउजाउ गर्छन । माथिल्लो डोल्पालीलाई सदरमुकाम दुनै झर्नभन्दा मुस्ताङ जान सहज हुन्छ । मुस्ताङको साङता हुँदै माथिल्लो डोल्पाको छार्कालाई सडकले जोडन मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–५ मा पर्ने साङता गाउँको एक्लेभट्टीदेखि४६ किलोमिटर सडकको ट्र¥याक खुलिसकेको छ । साङतादेखि डोल्पाको याखर्कसम्म जोडन ४० किलोमिटर सडक निर्माण हुदै छ । साङता गाउँ मुस्ताङको पनि दुर्गम बस्ती हो ।

 

डोल्पो बुद्ध गाउँपालिकाको सीमाबाट तिब्बतको मरिम ला जोडिन्छ भने शे–फोक्सुन्डो गाउँपालिकाको साल्दाङसँग तिब्बतको क्याटो जोडिन्छ । यी दुई नाका माथिल्लो डोल्पाका लागि खाद्यान्न र अन्य चिजबिज खरिदको लागि हुने गर्दछ । अहिले मरिम ला सम्मै मोटरसाइकलमा आउजाउ गर्न सकिन्छ । तिब्बतको नाकामा प्रत्येक वर्ष अगस्ट महिनामा १५ दिन बजार समेत लाग्दछ । अहिले शे–फोक्सुन्डो गाउँपालिकाको साल्दाङबाट धो–छार्का हुँदै मुस्ताङको जोमसोमसम्म सडक जोडन लागेको छ । अहिले पनि माथिल्लो डोल्पाबासी छार्का हुँदै मुस्ताङको कागबेनी आउजाउ गर्छन । माथिल्लो डोल्पालीलाई सदरमुकाम दुनै झर्नभन्दा मुस्ताङ जान सहज हुन्छ । मुस्ताङको साङता हुँदै माथिल्लो डोल्पाको छार्कालाई सडकले जोडन मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–५ मा पर्ने साङता गाउँको एक्लेभट्टीदेखि४६ किलोमिटर सडकको ट्र¥याक खुलिसकेको छ । साङतादेखि डोल्पाको याखर्कसम्म जोडन ४० किलोमिटर सडक निर्माण हुदै छ । साङता गाउँ मुस्ताङको पनि दुर्गम बस्ती हो ।
माथिल्लो डोल्पाको छार्कादेखि मुस्ताङतर्फ पनि सडक निर्माणको काम भइरहेको छ । यो सडक कर्णाली र गण्डकी प्रदेश जोडने सडक पनि हुनेछ । मुस्ताङ र डोल्पा सडक सञ्जालमा जोडिएमा माथिल्लो डोल्पाका बासिन्दाको जनजीवनमा धेरै सहज हुने छ । मुस्ताङ हुँदै उपल्लो डोल्पामा जाने पर्यटकको सख्यासमेत बढने छ । डोल्पाबाट राज्यले लाभ लिन सकेको छैन आर्थिक समृद्धिको आधार पर्यटन उद्योग हो । प्राकृतिक र भौगोलिक बनावटले डोल्पा पर्यटनको अथाह सम्भावना भएको जिल्ला हो । साँस्कृतिक रुपमा पनि माथिल्लो डोल्पा धनी छ । सांस्कृतिक र ऐतिहासिक तथा पुरातात्विक अध्ययन अनुसन्धानका लागि समेत माथिल्लो डोल्पा पर्यटकहरुका लागि पुग्नै पर्ने स्थान हो । तर, सडक सञ्जालको पहुँच नहुँदा डोल्पाको पर्यटन क्षेत्रमा चाहे जसरी पर्यटकहरु पुग्न पनि सकेका छैनन् र पर्यटन क्षेत्रको बिकास पनि हुन सकेको छैन ।
मिती ः– २९ आषाढ २०७७ दाङ





error: Content is protected !!