ओली जोगाउन सडकमा आउ , सडकमा आए प्रतिकार

जाजरकोट ः केपी शर्मा ओली नेतृत्वको सरकारलाइ राजिनामा दिएर बाटो खुल्ला गर्न चौतर्फी दवाब दिईरहेका बेला जाजरकोटमा ओली बचाउ भन्दै नेपाल पत्रकार महासंघ जाजरकोटमा सहसचिव रामचन्द्र घर्तीले सवैलाई सडकमा आउन आग्रह गरेका छन् । राष्टियता र स्वाभिमानका पक्षमा उभित्र सडकमा आउन आग्रह गरिएको छ ।

उनको यो सूचना फेसवुकमा सार्वजानिक भएको ४ घण्टा नवित्दै अनेरास्ववियू जाजरकोटका अध्यक्ष प्रदिप खड्काले सडकमा आए प्रतिकार गर्ने चेतावनी दिएका छन् । काम गर्न नसकेको , भ्रष्टाचारमा चुलम्मै डुवेको सरकारको पक्षमा सडकमा जो आएपनि त्यसको प्रतिकार हुँने खड्काले फेसवुक मार्फत जानकारी दिएका छन् ।

दुई तिहाइको सरकार जोगाउन यूवाहरु सडकमा उतारेर आन्दोलनमा उतार्न खोज्नु आफैमा राम्रो काम नभएको सर्वसाधारणहरु बताउँछन् ।

 





error: Content is protected !!