ताँसुगाडको विद्युत उत्पादन क्षमता बढ्यो

हेमन्त केसी
जाजरकोट , तोकिएका मिति भन्दा झण्डै तीन वर्ष पछि ताँसुगाड जलविद्युत आयोजनाको विस्तृत योजना प्रतिवेदनको मसौदा कन्सल्टेन्टले बुझाएको छ ।

डिजाएर कन्सलटेन्सी काठमाडौँ र एडीएमसी काठमाडौँले संयुक्त रुपमा नलगाड जलविद्युत आयोजनासँग विस्तृत आयोजना प्रतिवेदन बनाउने भनेर सन २०१५ अप्रिलमा सम्झौता गरेका थिए । नलगाड जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक विद्युत् उत्पादन गर्ने उद्देश्यले निर्माण गर्ने भनिएको ताँसुगाड जलविद्युत् आयोजना निर्माण गर्न लागिएको हो ।

सुरुमा ४.५ मेगावाट मात्र उत्पादन हुँने सम्भाव्यता गरिएपनि अहिलेको दिईएको मस्यौदामा झण्डै ७ मेगावाट विद्युत उत्पादन गर्न सकिने प्रतिवेदन आएको नलगाड जलविद्युत आयोजनाले जानकारी दिएको छ ।डीपीआर निर्माणको जिम्मा लिएको डिजाएड कन्सल्टेन्ट नयाँ बानेश्वर , एडिएमसी लामो समय सम्मा सम्पर्कमा नआएपछि काम बीचमै रोकिएको थियो ।

पटक , पटकको भाका नाघेर कालोसूचीमा राख्ने तयारी गरेपछि अन्तिममा कन्सलटेन्टले विस्तृत योजना प्रतिवेदन दिनका लागि काम गर्न नलगाड जलविद्युत आयोजनासँग अनुरोध गरेपछि पुर्ण कामको जिम्मा दिईएको थियो । नलगाड सरोकार समिति तथा स्थानीयवासीले पटक , पटक दवाव दिएपछि मात्र डिपिआरको रिपोर्टका काम कन्सलटेन्टले काम गरेको थियो ।

डिपिआरका लागि ८० लाखमा ठेक्का सम्झौता भएको थियो । कन्सलटेन्ट २२ असारमा मसौदा बुझाएको बताएका छन् ।
नलगाड निर्माणका लागि ताँसुगाडबाट विद्युत उत्पादन गरिने

४१७ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको नलगाड जलविद्युत आयोजनाको निर्माणका लागि ताँसुगाड जलविद्युत आयोजना निर्माण गर्नु पहिलो प्राथमिकता रहेको छ । कर्णाली प्रदेश सरकारले समेत यो आयोजनालाई प्राथमिकतामा राखेको छ ।

२५ रोपनी जग्गा अधिग्रहण गर्न लागिएको छ । यो काम सकिन वितिकै अर्को वर्ष निर्माणका लागि ठेक्का प्रक्रियामा जान लागिएको नलगाड जलविद्युत आयोजनाका प्रमुख कार्यकारी अधिकृत रामगोपाल लगेजुले जानकारी दिनुभयो ।

स्वदेशी लगानीबाट निर्माण यो आयोजना जाजरकोटको पहिलो आयोजना हुँने छ । त्यस्तै ३३ केभी प्रशारण लाईनको सव स्टेशन समेत आयोजना स्थल चौखामा निर्माण गर्न लागिएको छ ।





error: Content is protected !!