मौरीको पकेट क्षेत्रमा आधुनिक घार वितरण

जाजरकोट ,  मौरीको पकेट क्षेत्रका रुपमा रहेको नलगाड नगरपालिका –१ र २ नगरपालिकाद्धारा आधुनिक घार वितरण गरिएको छ ।


मह उत्पादन वृद्धी गरी कृषकहरुको अर्थउर्पाजन बलियो बनाउनका लागि आधुनिक घार वितरण गरिएको नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिनुभयो । जिल्लाको सवै भन्दा बढी मह उत्पादन हुँने यहाँ नगरपालिकाले पकेट क्षेत्र घोषण गरि योजना बद्ध रुपमा काम गरिरहेको छ । ५० प्रतिशत अनुदानमा घारहरु वितरण गरिएको नलगाड नगरपालिका कृषि शाखाका बालकृष्ण आचार्यले जानकारी दिनुभयो ।


गाउँमा रहेका खोपे र मुढेघार विस्थापित गरी आधुनिक घारमय गाउँ बनाउने लक्ष्य रहेको उहाँको भनाइ छ । वडा नम्वर १ मा २५० र वडा २ मा २०० घार वितरण गरिएको छ । त्यस्तै फलफुलका विरुवा समेत वितरण गरिएको छ । ३ हजार आँप , ५ हजार कागती , ५ हजार ५ सय सुन्तला , ६ हजार ५ सय टिमुरका विरुवा वितरण गरिएको छ ।





error: Content is protected !!