छेडा – खलंगा सडक अवरुद्ध , एक वेपता

जाजरकोट , १५ असार ः लगातार तीन दिन देखि परेको अविरल वर्षाका कारण जाजरकोट जोड्ने मुख्य सडक अवरुद्ध भएको छ ।  
गएराती देखि अवरुद्ध भएको सडकमा दर्जनौ ठाउँमा पहिरो गएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो । छिन्चु जाजरकोट सडक खण्ड अन्तरर्गत छेडाबजार खलंगा सडक पुर्णरुपमा अवरुद्ध भएको छ । सडक अवरुद्ध भएसँगै सयौँ सवारीसाधनहरु बीच बाटोमा रोकिएका छन् । भेरी नगरपालिकाको भुरचौरमा तीन ठाउँमा भारी सडक भासिएको छ ।
त्यस्तै जाजरकोट खलंगा पाँचकाटिया हुँदै कुशे गाउँपालिकाको प्रशासकीय केन्द्र भार्म सम्मा जोडने सडक समेत अवरुद्ध भएको छ । लगातारको पानीका कारण भत्किएको सडक कहिले सम्मा निर्माण हुन्छ भन्ने केही अनुमान नभएको प्रजिअ पन्तले बताउनुभयो ।


उहाँले भन्नुभयो ,“ सडक डिभिजनको प्रमुख सडक भत्किएको ठाउँमा गएर कामलाई तिव्रता दिनुभएको छ , जति सक्दो छिटो निर्माण गर्ने तयारी छौँ । ” त्यस्तै जिल्ला प्रशासन कार्यालयको प्रर्खाल समेत भत्किएको छ । शिवालय गाउँपालिका १ स्थित छेडावजारमा पहिरो आउदा तीनवटा घरहरु भत्किएका छन् ।
एक शिशु बेपत्ता, एक घाईते
जाजरकोटको भेरी नगरपालिका–११ स्थित महतारा गाउँको पाटे खोलामा आएको लेदो मिसिएको भेलले एक घर बगाउँदा १५ महिनाका शिशु पुरुषोत्तम वर बेपत्ता भएका छन् ।

यस्तै लेदोमा पुरिएका २२ वर्षीय गणेश वरको भने प्रहरी तथा स्थानीयले उद्दार गरेका छन् । उनलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत पठाएको भएपनि त्यहाँ उपचार सम्भव नभएपछि नेपालगन्ज पठाएको प्रजिअ पन्तले बताउनुभयो ।





error: Content is protected !!