रामपुर, पाल्पामा अबको चारवर्ष भित्र, चौबिसै घण्टा घर घरमा खानेपानी पु¥याउँछौँ- अध्यक्ष श्रेष्ठ

पाल्पा जिल्लाकै ठुलो आयोजनाका रुपमा रहेको रामपुर साना शहरी खानेपानी तथा सरसफाई आयोजना रामपुर नगरपालिकामा संचालित छ । आयोजनामार्फत नगरका वडा नं ४, ५, ६ र ७ का विभिन्न वस्तीमा घर घरमा खानेपानी सुबिधा पुगेको छ । यसै सम्बन्धमा खानेपानी आयोजनाका अध्यक्ष राजुप्रसाद श्रेष्ठसंग नेपालपोष्ट खबर डटकमका लागि सहकर्मी सुशीला रेग्मीले गर्नुभएको अन्र्तवार्ता प्रस्तुत छ ः

 
१) अध्यक्ष ज्यु, जिल्लाकै ठुलो आयोजनाका रुपमा रहेको रामपुर साना शहरी खानेपानी तथा सरसफाई आयोजना अहिले रामपुर नगरपालिकाका कुन कुन क्षेत्रमा संचालित छन् ?

—रामपुर नगरपालिकाको तल्लो फाँट क्षेत्रमा आयोजनामार्फत धारा जडान गरी घर घरमा खानेपानी सुबिधा पु¥याएका छौँ । नगरपालिकाको वडा नं ४, ५, ७ को तल्लो क्षेत्रका समथर भु भाग र वडा नं ६ को सबैजसो क्षेत्रमा खानेपानी सुबिधा पुगेको छ ।

२) यस आयोजनाबाट हाल नगरका कति घरधुरीले पानी उपभोग गरिरहेका छन् ?

—हाम्रो खानेपानी आयोजनाबाट हाल दुई हजार आठ सय ७८ घरधुरीमा धारा जडान गरी उपभोक्ताले पानी उपभोग गरिरहनुभएको छ भने तीन हजार तीन सय ६१ घरधुरीले खानेपानी उपभोगका लागि नाम दर्ता गराउनुभएको छ ।


३) आयोजनाले कहिले देखि रामपुरमा खानेपानी सुबिधा उपलब्ध गराउन थालेको हो ?

—वि.सं २०६७ सालमा सुरु भएको आयोजना २०७३ भदौमा परिक्षणका रुपमा सफल भएपछि त्यस समय देखि नै खानेपानी वितरण सुरु गरेका हौँ । परिक्षण सफल भए लगत्तै घर घरमा पानी वितरण गरेर स्वच्छ सफा पानी उपभोक्तालाई उपलब्ध गराइरहेका छौँ ।

४) अध्यक्ष ज्यु, खानेपानी आयोजना कसको सहयोगमा संचालन भएको हो?

—नेपाल सरकार नगर विकास कोषको सहयोगमा आयोजना संचालन भएको छ । नगर विकासको कोषको साढे २४ करोडको टेण्डर आह्वान भएको त्यसमा ५० प्रतिशत नेपाल सरकारको अनुदान र पाँच प्रतिशत उपभोक्ताको सहयोगमा आयोजनाको काम भएको हो । नगर विकास कोषसंग ४५ प्रतिशत ऋण सहयोग लिएर रामपुरवासीलाई स्वच्छ र सफा खानेपानी वितरण गरेका छौँ ।


५) पानी कसरी वितरण भइरहेको छ ? महसुल कति तोक्नुभएको छ?

दैनिक बिहान ५ वजेदेखि ८ र साँझ ५ वजेदेखि ८ वजेसम्म बिहान तीन घण्टा र साँझ तीन घण्टा खानेपानी वितरण भइरहेको छ । अबको चार वर्ष भित्रमा उपभोक्ताको घर घरमा २४ सैँ घण्टा खानेपानी वितण गर्ने हाम्रो लक्ष्य छ । शुल्कका लागि पानी उपभोगको आधारमा मिटर जाँच गरेर लिने गरिएको छ । जसमा न्युनतम शुल्क दुई सय ७५ (दश हजार लिटर सम्म पानी उपभोग गरेमा मात्र) तोकिएको छ । दश हजार लिटर माथि देखि २० हजार लिटर सम्म पानी उपभोग गर्नेले प्रति युनिट रु ४२ तिर्नुपर्ने हुन्छ भने रु २० हजार लिटर देखि माथि पानी उपभोग गर्नेका लागि प्रति युनिट रु ६३ शुल्क कायम गरिएको छ ।

६) अध्यक्ष ज्यु, खानेपानी महसुल धेरै भयो भन्ने उपभोक्ताको गुनासो छ नि ?

—खानेपानी महसुल धेरै भयो, घटाउनुपर्छ भन्ने सम्बन्धमा उपभोक्ताको गुनासो हामी समक्ष पनि आइरहेको छ । उपभोक्ताले भन्ने बित्तिकै महसुल घटाउन नमिल्ने र नगर विकास समितिको निर्णय बिना महसुल घटाउन नमिल्ने म स्पष्ट पार्न चाहान्छु । महसुल घटाएर उपभोक्तालाई सहुलियतमा पानी उपलब्ध गराउने विषयमा हामी समिति सकारात्मक छौँ । अर्कोतर्फ आयोजनाको पानी बोरिङ्ग सिस्टमबाट वितरण गरिएकाले महंगो हुन गएको आम उपभोक्ताले बुझ्नु हुन पनि अनुरोध छ ।

७) खानेपानी वितरणका लागि ट्याङ्की कहाँ कहाँ राखिएको छ ? अन्य पूर्वाधार के के निर्माण भएका छन् ?

—रामपुर नगरपालिका वडा नं ५ बेझाड बजार माथि रहेको राम्चेवनमा साढे चार लाख लिटरका दुई वटा ट्याङ्कीबाट पानी वितरण भइरहेको छ भने रामपुर नगरपालिका वडा नं ७ का दुई स्थान डुम्रीगाउँमा एक वटा दुई लाख लिटर र कार्कीडाँडामा एक वटा डेढ लाख लिटरका ट्याङ्की रहेको छ । हामी संग बेझाड बजार बसपार्क नजिकै करिव आठ रोपनी क्षेत्रफलमा संस्थाको मुख्य कार्यालय छ । जहाँ एकवटा दुईतले आठ कोठाको कार्यालय भवन छ । बेझाड क्षेत्रमा तीनवटा गार्ड तथा अपरेटर भवन, डुम्रीगाउँ क्षेत्रमा दुई वटा अपरेटर भवन छन् ।

रामपुर नगरपालिका वडा नं ५ बेझाड बजार माथि रहेको राम्चेवनमा साढे चार लाख लिटरका दुई वटा ट्याङ्कीबाट पानी वितरण भइरहेको छ भने रामपुर नगरपालिका वडा नं ७ का दुई स्थान डुम्रीगाउँमा एक वटा दुई लाख लिटर र कार्कीडाँडामा एक वटा डेढ लाख लिटरका ट्याङ्की रहेको छ । हामी संग बेझाड बजार बसपार्क नजिकै करिव आठ रोपनी क्षेत्रफलमा संस्थाको मुख्य कार्यालय छ । जहाँ एकवटा दुईतले आठ कोठाको कार्यालय भवन छ । बेझाड क्षेत्रमा तीनवटा गार्ड तथा अपरेटर भवन, डुम्रीगाउँ क्षेत्रमा दुई वटा अपरेटर भवन छन् ।

बेझाड बजार क्षेत्रमा रहेका तीनवटै बोरिङ्गबाट पानी चालु भइरहेको छ भने डुम्रीगाउँ क्षेत्रमा रहेका तीन बोरिङ्गमध्ये दुई वटाबाट पानी चालु अवस्थामा छ । एकवटा रिजर्भमा छ ।

८) अध्यक्ष ज्यु, तपाई संस्था स्थापनाकालदेखि यस संस्थाको सचिव भएर लामो समय सम्म काम गर्नुभयो र हाल अध्यक्ष पदमा रहेर संस्थाको नेतृत्व गर्दै हुनुहुन्छ ? अब यहाँको कार्यकालमा संस्थालाई कसरी अगाडी बढाउँदै हुनुहुन्छ, योजना के के छन् ?

—रामपुरमा खानेपानीको समस्या वर्षौदेखिको रहेको छ र यहाँको जनसंख्या दिन प्रतिदिन बढ्दै गएको अवस्थामा दीर्घकालिन रुपमा बृहत खानेपानी योजना ल्याउनुपर्छ भनेर आयोजना सुरु हुनुभन्दा अगावै लागेको थिए । सबैको साथ सहयोगमा रामपुरमा खानेपानी आयोजना संचालन भयो । मलाई यहाँका राजनैतिक दल, सामाजिक व्यक्तित्व, बुद्धिजीवी तथा स्थानीयले संस्थाको सचिव पदको जिम्मेवारी दिनुभयो ।

मैले मेरो जिम्मेवारीलाई बहन गर्दै संस्थाको विकासका लागि अहोरात्र खटिए । सोही फलस्वरुप अहिले मलाई अध्यक्षको जिम्मेवारी दिनुभएको छ, रामपुर नगरका जनप्रतिनिधि, राजनैतिक दल, सामाजिक व्यक्तित्व, बुद्धिजीवी, उपभोक्ता एवम् सम्पूर्ण नगरवासीलाई धन्यवाद दिन चाहान्छु ।
मेरो अबको चारवर्षे कार्यकालमा पहिलो प्राथमिकता खानेपानीको महसुल घटाउने प्रयत्ने गर्नेछु । अर्को कुरा खानेपानी वितरणको समय कम भएकाले त्यसको लागि राम्चेवनमा कम्तिमा एक लाख लिटर र डुम्रीगाउँ क्षेत्रमा दुई लाख लिटरका एक/एक वटा ट्याङ्की थप गर्ने योजना छ । खानेपानीको ट्याङ्की थप गरेपछि २४ सैँ घण्टा पानी वितरण गर्ने मैले योजना बनाएको छु ।

मैले मेरो जिम्मेवारीलाई बहन गर्दै संस्थाको विकासका लागि अहोरात्र खटिए । सोही फलस्वरुप अहिले मलाई अध्यक्षको जिम्मेवारी दिनुभएको छ, रामपुर नगरका जनप्रतिनिधि, राजनैतिक दल, सामाजिक व्यक्तित्व, बुद्धिजीवी, उपभोक्ता एवम् सम्पूर्ण नगरवासीलाई धन्यवाद दिन चाहान्छु ।
मेरो अबको चारवर्षे कार्यकालमा पहिलो प्राथमिकता खानेपानीको महसुल घटाउने प्रयत्ने गर्नेछु । अर्को कुरा खानेपानी वितरणको समय कम भएकाले त्यसको लागि राम्चेवनमा कम्तिमा एक लाख लिटर र डुम्रीगाउँ क्षेत्रमा दुई लाख लिटरका एक÷एक वटा ट्याङ्की थप गर्ने योजना छ । खानेपानीको ट्याङ्की थप गरेपछि २४ सैँ घण्टा पानी वितरण गर्ने मैले योजना बनाएको छु । रामपुर नगर क्षेत्रमा दिनानु दिन जनघनत्व बृद्धि हुदै गएकाले आयोजनाको क्षमता बढाउने र सबैलाई स्वच्छ र सफा पानी सहुलियतमा उपभोग गराउने प्रतिबद्धता गर्दछु ।

९) आयोजना संचालन हुनुभन्दा अगाडीको रामपुरमा खानेपानीको अवस्था र आयोजना संचालन भइसकेपछि के फरकपन पाउनुभयो ।

—खानेपानी आयोजना संचालन गर्नुभन्दा अघि खानेपानीको दीगो स्रोत नहुदा चापाकल, इनार, कुवा, खोलाका पानीमा आश्रित रहनु परेको अवस्था थियो । खडेरीयाममा पानीको स्रोत सुक्दै जाने हुदा यहाँका नागरिकले असाध्यै खानेपानीका लागि समस्या भोग्न बाध्य थिए । पिउने पानी मात्र नभई नुहाउन धुन, गाईभैसीलाई विभिन्न धारा पधेँरा, कुवा, खोलामा पुगेर बोकेर ल्याउनुपर्ने बाध्यता थियो ।

खडेरीयाममा पानीको स्रोत सुक्दै जाने हुदा यहाँका नागरिकले असाध्यै खानेपानीका लागि समस्या भोग्न बाध्य थिए । पिउने पानी मात्र नभई नुहाउन धुन, गाईभैसीलाई विभिन्न धारा पधेँरा, कुवा, खोलामा पुगेर बोकेर ल्याउनुपर्ने बाध्यता थियो । रामपुरको मुख्य बजार बेझाड बजारमा चापाकलबाट पानी निकालेपनि गर्मीयाममा प्रयाप्त पानी नआउँदा धेरै सास्ती थियो ।

रामपुरको मुख्य बजार बेझाड बजारमा चापाकलबाट पानी निकालेपनि गर्मीयाममा प्रयाप्त पानी नआउँदा धेरै सास्ती थियो । अहिले पानी नियमित बिहान साँभm गरेर दैनिक छ घण्टा आयोजनाबाट आएपछि खानेपानीको समस्या हटेको छ । आयोजना संचालन भएका ठाउँमा खानेपानी सहज रुपमा घर घरमा पुगेको छ । यसमा उपभोक्ता पनि खुशी हुनुहुन्छ ।

१०) संस्था संचालनका लागि कर्मचारी कति परिचालन गर्नुभएको छ ?

—हामीसंग हाल १३ जना कर्मचारी हुनुहुन्छ । जसमा व्यवस्थापक एक, लेखापाल एक, कम्प्युटर अपरेटर एक, कार्यालय सहायक एक, पलम्बर तीन जना, पम्प अपरेटर दुई जना, मिटर जाँच गर्ने दुई जना, सवारी चालक एक र कार्यालय सहयोगी एक जनाले आ आफ्नो जिम्मेवारी अनुसार संस्थाको नियममा रहेर सेवा दिनुभएको छ ।

११) अध्यक्ष ज्यु, अन्तमा के भन्न चाहानुहुन्छ ?

—रामपुर साना शहरी तथा सरसफाई आयोजनाका बारेमा भए गरेका कामका बारेमा केही कुरा राख्ने अवसर दिनुभएकोमा यहाँको अनलाईन मिडिया नेपालपोष्ट खबर डटकमलाई धन्यवाद दिन चाहान्छु । रामपुरवासीलाई सहुलियत दरमा स्वच्छ र सफा पानी उपभोग गराउने प्रणका साथ लागेको छु । संस्थाले राम्रा गरेका कामलाई अवलम्वन गरिदिनुहोला र नराम्रो काम गरेको छ भने खबरदारी गरिदनुहुन बिनम्र म अनुरोध गर्दछु । आम उपभोक्ताको मनमा लागेका गुनासा समस्याहरु संचालक समिति, ब्लक संयोजक तथा कार्यालयमा आएर राख्न सक्नु हुनेछ । तपाईको सेवामा हामी हरेक समय तल्लिन छौँ । यस संस्थालाई संचालक समितिले मात्र हेर्ने हो भन्ने नसोँच्नुहोला, संस्थालाई राम्रो बनाउन संचालक समिति, सल्लाहकार, उपभोक्ता, जनप्रतिनिधि, राजनैतिक दल, सामाजिक व्यक्तित्व, बुद्धिजीवी सबैको साथ र सहयोगको खाँचो छ र सहयोग पनि गर्नुहुने भन्ने आशा लिएको छु ।





error: Content is protected !!