पत्रकार खड्का सम्मानित

जाजरकोट ः पत्रकारिताको माध्यमबाट विकटलाई निकट बनाई दुनियाँको सामु जुनिचाँदे पहिचान विकासर संमृद्धीको कथाहरु सार्वजानिक गरेको भन्दै पत्रकार रेशम खड्कालाई पुरस्कृत गरिएको छ ।

जुनिचाँदे गाउँपालिकाको पाँचौं गाउँसभा बाट पत्रकार खड्कालाई सम्मान गरिएको गाउँपालिकाकी कावाध्यक्ष शिवा आचार्यले जानकारी दिनुभयो । जुनिचाँदे गाउँपालिका सञ्चार सेवा देखि मिडियाको पहुँचबाट टाढा रहेको छ । स्थानीय सरकार गठन भएदेखि मिडियामा लगानी गदै आएको गाउँपालिकाले कामी, कम्जोरी औलाई सही बाटोमा हिड्न सिकाउने पत्रकारलाई सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत सर्वदल शाहीले जानकारी दिनुभयो ।

पत्रकारिताको माध्यमबाट दुनियाँ सामु जुनिचाँदको गतिविधी प्रकाशन गरि काम गर्ने वातावरणका साथै हौसला प्रदान गरिएको उहाँले बताउनुभयो । खड्का जिल्लाको एक मात्र दैनिक भेरीमालिका पत्रिकाका कार्यकारी सम्पादक हुँन् ।





error: Content is protected !!