जुनिचाँदेमा एकै पटक दश सडक निर्माण कार्य जारी

जाजरकोट ,  सडक सञ्जालसँग राम्रो सँग जोडिन नसकेको जुनिचाँदे गाउँपालिकामा अहिले एकै पटक दशवटा सडक निर्माण कार्य थालिएको छ ।

गाउँपालिकामा आन्तरिक सडक तथा अन्तर जोड्ने सडकहरु निर्माण कार्य जारी रहेको हुँन् । सात वटा गाउँपालिका भित्र निर्माण हुँदै छन् भने दुई वटा सडक अन्तर जिल्लालाई जोड्ने सडक निर्माण भईरहेको गाउँपालिकाका ईन्जिनियर प्रेम प्रकाश केसीले जानकारी दिनुभयो ।

पाती हाल्ला , कार्कीगाउँ गाजलपाका– ओलखोला सडक , साना खोला –डाडाकोट सडक , लुहादह –गर्खाकोट सडक , फापर बैया –भैरव मावि सडक , पञ्चाला चोत्राकोट –मेसु सडक ,पाती हाल्ला पञ्चाला –जुनि हुँदै जुम्ला सडक , मेसु चुत्राकोट सडक , नरमरा लुहादह मावि कोताङ हुँदै जुनि जुम्ला सडकको निर्माण कार्य जारी रहेको छ ।

त्यस्तै लामा तरा गर्खाकोट सडक निर्माण निर्माण कार्य सुरु भएको छ भने लामातरा वुद्धीडाडा स्तरउन्नतीको काम सुरु गर्न लागिएको ईन्जिनिय केसीले जानकारी दिनुभयो । लक डाउनमा समेत निर्माणको काम जारी रहेको उहाँले जानकारी दिनुभयो ।
अहिले कच्ची कटानको काम सुरु भएको छ । जिल्लाको दुर्गम गाउँपालिका मध्ये जुनिचाँदे गाउँपालिका पर्दछ । केही गाउँपालिकाको लगानीमा निर्माण हुँदै छन् भने केही प्रदेश सरकारको सहयोगमा निर्माण कार्य हुँदै आएको छ ।

सडक निर्माण कार्यलाई पहिलो प्राथमिकता दिएको गाउँपालिकाले निर्माण भएका सडकमा स्तरउन्नती र सडक नपुगेको ठाउँमा नयाँ ट्याक खोल्ने काम भएको छ । गाउँ , गाउँमा सडक निर्माण नहुँदा मानिसहरुले निर्माणका सामग्री बोकेर लिने काम हुँदै आएको छ । अघिल्लो वर्ष झण्डै ५० किलोमिटर सडक गाउँपालिकाले निर्माण गरेको गाउँपालिकाकी कार्यवहाक अध्यक्ष शिवा आचार्यले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७७÷७८ को नयाँ बजेट असार १० गते ल्याउने जनाएको छ । नीति तथा कार्यक्रममा सडक , कृषि र स्वास्थ्य क्षेत्रलाई ध्यान दिएको आचार्यले जानकारी दिनुभयो ।





error: Content is protected !!