लोेडनेमा जिप दुर्घटना पाँच घाईते

जाजरकोट ,  छेडागाड नगरपालिका बाट जुनिचाँदे गाउँपालिका जाँदै गरेको जिप छेडागाड नगरपालिका – ६ लोेडने स्थित लु २ च ४८४५ नम्बरको बाेलेराे जिप दुर्घटना हँुदा पाँच जना घाईते भएका छन् ।

घाईते हुनेहरुमा जुनिचाँदे गाउँपालिका– ४ लुहादहका चन्दा खड्का ,फुरे खड्का ,कृष्ण खडका ,राम बहादुर खड्का गम्भीर घाइते भएको जुनिचाँदे गाउँपालिकाका कार्यवाहक अध्यक्ष शिवा आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार गाडी चालक कर्ण विसी सामान्य घाईते हुनुभएको छ । जिप सडक बाट ५० मिटर तल खोलामा परेको जाजरकोटका प्रहरी प्रमुख किशोर श्रेष्ठले जानकारी दिनुभयो । राती नै पत्रकार रेशम खड्काले उद्धार गरी कोहलपुर मेडिकल कलेजमा लिएर उपचार थालिएको बताउनुभयो ।





error: Content is protected !!