रुकुम पश्चिममा पहिलो पटक कोरोना संक्रमण पुष्टि

जाजरकाेट । कर्णाली प्रदेशको रुकुम पश्चिम जिल्लामा पनि कोरोनासंक्रमण देखिएको छ ।
जिल्लाको सानीभेरी गाँपालिका -१, का ८२ वर्षिय पुरुषलाई कोरोना भाइरस (काेभिड-१९) काे संक्रमण पुष्टि भएको हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनबाट उक्त पुरुषको कोरोना पुष्टी गरिएको छ ।
सानीभेरी गाउँपालिका वडा नं १ का उक्त पुरुष पेटको विरामी भई उपचारको लागि कोहलपुर स्थित मेडिकल कलेजको सर्जिकल वार्डमा भर्ना भएका र अस्पतालले पिसिआर जाँच गर्दा कोरोना पोजेटिभ देखिएको भेरीअञ्चल अस्पत्तालले जनाएको छ ।










