विकास गर्दै , पैसा बुझदै

हेमन्त केसी
जाजरकोट ,  कोरोना भाईरसबाट जनताहरुमा परेको समस्यालाई हल गर्न जुनिचाँदे गाउँपालिकाले काम गरेर जिविकोपार्जन गर्न बिभिन्न योजनाहरु बनाएर रोजगारी दिएको छ । समय अपुग भएकै कारण ठुला आयोजना निर्माण गर्न मुस्किल पर्ने भएपछि गाउँपालिका बिभिन्न १४ वटा साना योजना बनाएर स्थानीयवासीलाई काम दिई रोजगारी उपलव्ध गराएको हो ।

गाउँपालिकाको वडा १ देखि ६ नम्वर वडा सम्मा स्थानीयवासीले काम गर्ने गरि छनोट भए वमोजिमका योजनामा काम सुरु भएको प्रमुख प्रशासकीय अधिकृत सर्वदल शाहीले जानकारी दिनुभयो । दैनिक सो काम गरे वाफत गाउँपालिका रु ५०० सय दिने गरिएको अधिकृत शाहीले जानकारी दिनुभयो ।

जुनिचाँदे गाउँपालिकाको वडा १ बडकुलेमा तैया देखि एक्ले सल्लाह सम्माको घोडेटो बाटो निर्माण कार्य जारी रहेको छ । सो बाटोमा रु २ लाख ४३ हजार बिनियोजन भई ६८ जनाले काम गरिरहेका छन् । वडा नम्वर १ मै चाँखा देखि चिसापानी सम्माको घोडेटो बाटो निर्माणका लागि रु १ लाख ९६ हजार रुपैयाँमा ५५ जनाले रोजगारी पाएका छन् । त्यस्तै बिराखोला देखि भगवती प्रावि घोडेटो बाटो निर्माणका लागि रु २ लाख १४ हजार ५०० सय रकममा ६० जना वेरोजगार यूवाहरुले रोजगार पाएका छन् ।
वडा नं २ को आलिचौर ओडार देखि जर्पा सम्माको घोडेटो बाटो निर्माणमा रु २ लाख ७५ हजारमा ५८ जनाले काम गरिरहेको गाउँपालिकाले बताएको छ ।

वडा नम्वर २ कै जन्तरे देखि मौगान सम्मा घोडेटो बाटो निर्माण गर्न रु १ लाख ५० हजार रकम बिनियोजन भई ४२ जना यूवा तथा यूवती काममा खटिएका छन् । वडा २ कै भैरव मावि देखि फावरवयाँ सम्माको १ लाख ४६ हजार ५०० मा घोडेटो बाटो निर्माण गर्ने गरि ४१ जनाले रोजगारी पाएका छन् ।

त्यस्तै वडा नं ४ को जापा देखि गुमाउरो बाटो सम्मा घोडेटो बाटो निर्माण कार्य जारी रहेको छ । सो बाटोमा अहिले ४८ जना वेरोजगार जनशक्तिलाई रु १ लाख ७२ रुपैयाँमा परिचालन भएको अधिकृत शाहीे जानकारी दिनुभयो । उहाँका अनुसार जुनिचाँदे ४ मा मालिका प्रावि फिल्ड निर्माण गर्न रु १ लाख ५० हजार बिनियोजन गरी ४२ जनाले काम गरिरहेका छन् ।

खुद देखि खालटाकुरा सम्माको घोडेटो बाटो निर्माण गर्न ४३ जना यूवा , यूवतीहरु परिचालन भएका छन् । सो बाटोको लागि रु १ लाख ५३ हजार रुपैयाँ बिनियोजन गरिएको छ । जुनिचाँदे ५ स्थित जिउला देखि बाईपाटा सम्मा घाडेटो बाटो निर्माणका लागि रु ५ लाख ६५ हजार रुपैयाँ बिनियोजन भई १५८ जनाले रोगगारी पाएका छन् ।

त्यस्तै वडा नै ५ कै हाँकु देखि गर्खाकोट सम्माको घोडेटो बाटो निर्माण गर्न रु ४ लाख १८ हजार रुपैयाँ बिनियोजन भई ११७ जनाले रोजगारी पाएका छन् । मानिमाला रियाना नारे मौका ईप्रका घोडेटो बाटो जुनिचाँदे ५ मा निर्माण गर्न ८६ जना यूवाहरु परिचालन गरी रु ३ लाख ७० हजार रकम बिनियोजन गरिएको छ ।

वडा ६ को कसारे खोला देखि तुम्ला सिगार सम्मा घोडेटो बाटो निर्माण गर्न रु २ लाख ७९ हजार रकममा ७८ जनाले काम गरिरहेको गाउँपालिकाले जनाएको छ । त्यस्तै वडा ६ को चौतारा देखि फेदी सम्माको घोडेटो बाटो निर्माणका लागि रु २ लाख ३० हजारमा ५६ जना स्थानीयले रोजगारी पाएको गाउँपालिकाकी निर्मित अध्यक्ष शिवा आचार्य ( बस्नेत) ले बताउनुभयो ।
गाउँमा रहेका वेरोजगार जनशक्तिलाई रोजगारी दिन यो कार्य गरिएको उहाँले बताउनुभयो ।

क्वारेन्टाईनमा बसेर घर फर्केका , विदेशबाट काम विहिन भएर घर फर्केकालाई यस्ता काममा सहभागी गराएको निर्मित अध्यक्ष आचार्यले बताउनुभयो ।





error: Content is protected !!