पहुँचको भरमा संक्रमित माथी विभेद

हेमन्त केसी
जाजरकोट , स्वाब संकलन गरि पठाएको १२ दिन पछि आएको रिपोर्टमा प्रहरी सहित ४ जनामा कोरोना संक्रमण भएको पुष्टिसँगै उपचारमा विभेद भएको छ । कोरोना संक्रमित भएको प्रहरी अधिकृतलाई सदरमुकाम स्थित स्वास्थ्य सेवा कार्यालयको आईसोलेशनमा ल्याएर उपचार भईरहेको छ ।

प्रहरीसँगै संक्रमित देखिएका बारेकोट गाउँपालिका १ रामीडाडाका दलित समुदायका गरिवहरुलाई लिम्सामा राखेर उपचार भईरहेको छ । भारत मजदुरी गरी कमाई गर्न गएका रामीडाडाँका ३३, ६ र १४ वर्षका दलित समुदायका सर्वसाधारणहरु भने लिम्सामा राखेर उपचार गरिररहेको गाउँपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

सुरुमा क्वारेन्टाईनमा नखारी घरमै होम क्वारेन्टाईनमा रहेको ती दलित समुदायका तीन जनालाई संक्रमित भएको थाहा पाएपछि लिम्सामा ल्याईएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो । कोरोना उपचारमा विभेद गरेको भन्दै अधिकाशले सामाजिक सञ्जालमा विरोध गरेका छन् । अन्य जाजरकोटबाट पठाएका ७ सय भन्दा बढी नागरिकको १५ दिन वितिसक्दा सम्मा कोरोनाको नतिजा प्रयोगशालाले नदिदा समस्य भएको छ ।

१४ दिन पुरा गरेर घर जान आतुर भएका क्वारेन्टाईनमा बसेकाहरु स्वाबको नतिजा नआउदा तनाव सिर्जना भएको बताएका छन् । सदरमुकाममा रहेको क्वारेन्टाईन भरीभराउ भएपछि स्थानीय सरकारले स्थानीय तहमा क्वारेन्टाईन निर्माण गरी व्यवस्थापन गर्न थालेका छन् । दैनिक १ सय भन्दा बढी मानिसहरु भारतबाट आएर थपिने गरेको छेडागाड नगरपालिकाका नगरप्रमुख लालबहादुर महतराले जानकारी दिनुभयो ।

मान्छे थपिने क्रम जारी छ तर कोरोना परीक्षण कार्य रोकिएको छ केहीको स्वाब पठाएको १५ दिन बितेपनि रिपोर्ट आएको छैन महतराले भन्नुभयो । प्रदेशले भार थाम्न नसकिने भन्दै स्वाब लिने कार्य रोक्न आग्रह गरेको छ । कोरोना जाँचको नतिजा नआउदै घर पठाउने कि नपठाउने भन्नेमा ठुलो समस्य भएको प्रजिअ पन्तले जानकारी दिनुभयो ।





error: Content is protected !!