१२ दिन सम्मा आएन रिपोर्ट – परिक्षणको नतिजा नआउदै स्वाब संकलन बन्द

जाजरकोट ,भारी मात्रामा भारतबाट आएका मानिसहरुको संख्य क्वारेन्टाईनमा भएपनि स्वाब संकलन कार्य रोकिएको छ । प्रदेश स्थित प्रयोगशालामा जाँच गर्न सक्ने क्षमता भन्दा धेरै मात्रामा स्वाब संकलन भएपछि समस्या परेको भन्दै स्वाब संकलन कार्य रोकएको छ । जाजरकोटबाट पठाएको स्वाबको १२ दिन सम्मा नतिजा नआएपछि थप अन्यौल थपिएको छ ।

जाजरकोटमा हालै भारतबाट आएका दुई हजार तीन सय बढी नागरिक जिल्लाका विभिन्न क्वारेन्टाइनमा छन् । ति मध्य कोरोना पिसिआर परीक्षणका लागि स्वाब संकलन गरि सुर्खेत पठाइएका सात सय ४९ जना मध्य चार सय ४८ जनाको रिपोर्ट अझै आउन सकेको छैन । तीन सयको रिपोर्ट आएकोमा बारेकोट गाउँपालिकामा एक प्रहरी सहित चार जनामा कोरोनाको संक्रमण देखिएको छ ।

नलगाड नगरपालिका , छेडागाड, भेरी , शिवालयबाट स्वाब संकलन गरि पठाएको १२ दिन विति सक्दा पनि रिपोर्ट आउन नसकेपछि क्वारेन्टाइनमा अन्यौल देखिएको छ । शुरुमा भारतबाट आएका सवैको पिसिआर परीक्षण गर्ने जनाएको सरकारले कार्यविधि परिवर्तन गरेर नगरेपनि हुने निर्णय गरेको छ ।

कर्णालीका विभिन्न जिल्लाको भार जुम्ला र सुर्खेत स्थित प्रयोगशालाले थेग्न नसकेपछि स्वाब संकलन कार्य बन्द गरिएको छ । अव देखी १४ दिन क्वारेन्टाइनमा राखिने र त्यसपछि आरडिटी गरेर पोजेटिभ देखिएपछि मात्र पिसिआर गर्ने नत्र सिधै घर पठाउने निर्देशन आएकोले स्वाब संकलन कार्य बन्द गरिएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख डा सुनिल पुनले बताए । जाजरकोटमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएपछि जिल्लाबासी त्रसित भएका छन् ।

प्रदेशबाट के कस्तो नजिता आयो भनि सोध्दा ब्यस्त भएको भन्दै जवाफ समेत दिन नमानेको स्वास्थ्य सेवा कार्यालयका स्रोत व्यक्ति कृष्णबहादुर खत्रीले जानकारी दिए ।





error: Content is protected !!