समाचार प्रभाव ः सोती घटनाका घाइतेहरुलाई नगरप्रमुखको गरिदिए उपचार

जाजरकोट ः जेठ १० मा पश्चिम रुकुमको चौरजहारी गरपालिका ८ सोती गाउँमा भएको घटनाका घाइते भएकाहरुको निशुल्क उपचार गरिएको छ । नेपालपोष्टमा घाईतेको उपचार पाएनन् भन्ने शीर्षकको समाचार प्रकाशन भएपछि भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीले निशुल्क उपचार गरिदिनुभएको हो ।
शनिवार जिल्ला स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा घटनाका घाईतेको निशुल्क उपचार गराएको नगर प्रमुख घर्तीले जानकारी दिनुभयो । आवश्यकता आधारमा उपचार कार्य अझै जारी रहेको उपचार कार्य जारी रहेको नगरप्रवक्ता पार्वती विकले जानकारी दिनुभयो । । गत जेठ १० गते अन्तरजातीय बिवाहको लागि भेरी नगरपालिका ४ रानागाउँका नवराज बिक संग सोतिगाउँ पुगेका जाजरकोटका १९ जना युवाहरू मध्य १२ जना घाइते भएका थिए ।
घाईतेहरुको उपचार पश्चिम रुकुमको चौरजहारी स्थित मिसन हस्पिटलमा प्रहरीले सामान्य छ भन्दै उपचारमा ध्यान नदिएपछि घाईतेहरुको अवस्था चिन्ता जनक भएपछि उपचार गरिएको उहाँको भनाई छ । अत्यधिक चोटका कारण अहिले टाउको दुख्ने ढाड दुख्ने जस्ता समस्या देखिएको कुनै पनि निकायले उपचारमा ध्यान नदिएको घाइतेको आरोप थियो । घाइतेको गुनासोलाई मध्यनजर नगरी उपचार कार्य थालिएको नगर प्रमुख घर्तीको भनाइ छ ।
नियमित मृतक परिवारसंग लागिरहेको बेला पहिलो चरण आफ्नो ब्यक्तिगत खर्चमा उपचार गराएको प्रमुखको भनाइ छ । यस अघि पनि मृतक परिवारलाई रु.२० हजारको दरले १३ औं दिनको काजकिरियाको लागि ६ परिवारलाई राहत समेत दिइसकेको उहाँको भनाई छ । शनिबार स्वास्थ्य सेवा कार्यालयमा घाइतेहरु मदन शाही, सुदिप खड्का,लाल बहादुर खड्का ,सरोज भडेल,ईन्द्रजंग शाहको उपचार गरिएको थियो ।





error: Content is protected !!